४ स्रष्टालाई शुक्ला साहित्य पुरस्कार

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७८
Sukla sahitya sangam newss

पोखरा । शुक्ला साहित्य संगमले ४ जना स्रष्टालाई शुक्ला साहित्य पुरस्कार प्रदान गरेको छ । कला र साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै बिम्वकवि रमेश श्रेष्ठलाई १५ हजार रुपैयाँसहितको शुक्ला विशिष्ट सम्मान, गजलकार जनार्दन दाहाललाई १० हजार नगदसहितको शुक्ला पुरस्कार प्रदान गरिएको हो । कवि अनील श्रेष्ठलाई ५ हजार रुपैयाँ नगदसहितको शुक्ला प्रतिभा पुरस्कार र बालप्रतिभा अनुप लामिछानेलाई २ हजार ५ सय रुपैयाँ रहेको पूर्ण–शुक्ला बाल प्रतिभा पुरस्कार प्राप्त गरे ।

सम्मानित प्रतिभा बिम्व कवि रमेश श्रेष्ठले शुक्लाले गरेको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताए ।

सोही कार्यक्रममा गजलकार जनार्दन दाहालको तेस्रो गजल संग्रह ‘यी मान्छे, यी नजर’ लोकार्पण गरिएको छ । शुक्ला साहित्य संगम, दुलेगौंडाद्वारा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरेका हुन् । मिडिया रिसर्च सेन्टरद्वारा प्रकाशित कृतिभित्र ८५ ओटा गजल समेटिएका छन् ।

संस्थामा आबद्ध भएर कृति प्रकाशन गरेका नारायणकैलाश सिग्देल, आकाश अधिकारी, जुनु खड्का, टुकादेवी आचार्य, जीवन सागर, टीकाराम पौडेल र शेषमणि आचार्यलाई पनि सम्मान गरिएको थियो ।

संगमले हरेक महिनाको अन्तिम शनिबार काव्य शृंखला सञ्चालन गर्दै आएको छ । १८० औं नियमित काव्य शृंखलामा अनुप लामिछाने, यामप्रसाद सापकोटा, शान्ता बाँस्तोला, मोहन भुजेल, सुपुन पौडेल, कविता मानन्धरलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

संगमका कार्यवाहक अध्यक्ष रामशरण गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव सुरज लम्साल र स्वागत सदस्य युवराज पौडलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width