पाल्पाली समाजद्वारा ६ जना सम्मानित

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७८
palpali samaj sabha (1)

पोखरा । पाल्पाली समाज पोखराको १९ औं वार्षिक साधारण सभा अवसरमा ६ जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा आदर्श समाज दैनिकका सम्पादक एवं समाजका सदस्य भरत कोइराला, समाजका पूर्व अध्यक्ष राजेन्द्र केआर, पूर्व कावा अध्यक्ष शंकर लिगल, संस्थापक कोषाध्यक्ष शोभाकान्त न्यौपाने, पत्रकार अनिता घिमिरे, परिचय एड्भरटाइजिङका संचालक सोभित बस्याल हुन् ।

उनीहरुलाई समाजका पूर्व सल्लाहकारसमेत रहेका पूर्व मन्त्री एवं वरिष्ठ उद्योगी हरि पाण्डेले सम्मानपत्र प्रदान गर्दै पाल्पाली ब्रान्डलाई सर्वत्र चिनाउनुपर्ने बताए । समाजसेवी रहेका उनले कम खर्चमा स्वस्थ र सरल जीवन बाच्नुपर्ने सुझाव दिए ।

सो अवसरमा नयाँ वर्ष–२०७९ को शुभकामना आदानप्रदान एवं भित्तेपात्रो लोकार्पण गरिएको थियो । कार्यक्रममा लोक सेवा आयोग पोखराका प्रमुख लीलाबहादुर कार्की, गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव टीकाराम पौडेल, गुल्मेली समाज पोखराका अध्यक्ष भानुभक्त भण्डारी क्षितिज, समाजका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार कुलप्रसाद घिमिरे, जगदीश गौतम, ताराप्रसाद पोखरेल, द्वितीय उपाध्यक्ष श्रीधर पराजुलीलगायतले बोलेका थिए ।

समाजका अध्यक्ष रेशम रचकको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बालचन्द्र परियारले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव केशव नेपालले गरेका थिए । कार्यक्रममा रेशम रचकद्वारा अध्यक्षको र उमा सापकोटाद्वारा कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । साथै समाजका चेलीले आकर्षक मौलिक नृत्य प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width