पोखरा । चैतेदसैं मेला–२०७८ अवसरमा फेदीखोला–४ गलेम, राम्चेमा आयोजित अन्तरक्लब भलिबल प्रतियोगिताको उपाधि मट्टिखान युवा क्लबले जितेको छ ।
१२ टिम सहभागी प्रतियोगितामा शीतला युवा क्लबलाई फाइनलमा पराजित गर्दै मट्टिखानले उपाधि जितेको हो । विजेता र उपविजेतालाई क्रमशः ३० हजार र २० हजार नगद, मेडल, ट्रफ्री र प्रमाण पत्र प्रदान गरिएको थियो ।
फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको पोखरा १० का वडा अध्यक्ष राजकुमार गुरुङले उद्घाटन गरेका थिए ।
प्रथम पुरस्कारको प्रायोजन श्री गुरुङ गलेम (हाल युके) र दोस्रो पुरस्कार प्रायोजन सांसद भागवतप्रकाश मल्लले गरेका थिए । यसैगरी डब्लुओटु रामबहादुर गुरुङ (युके) ले शीतला युवा क्लबलाई १० थान ट्रयाक हस्तान्तरण गरेका थिए । मेला आयोजक समिति अध्यक्ष दीपेन्द्र पौडेलको अध्यक्षतामा उक्त प्रतियोगिता शीतला, मातृभूमि र ढुकढुकी युवा क्लब गलेमले संयुक्त आयोजना गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१