पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित एकदिवसीय क्रिकेट सिरिजमा कास्की ‘ए’ लाई ५ विकेटले पराजित गर्दै कास्की बि’ विजेता बनेको छ ।
पहिलो दिन पानीले रोकिंदा बराबरी हुन पुगेको सिरिज आइतबार कास्की ‘बि’ ले जीत निकाले हो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको कास्की ‘ए’ ले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १६९ बनायो ।
नवौं नम्बरमा आएका पौडेलले ५७ बलमा ६५ रनको ठोस इनिङ्स खेल्ने क्रममा अविजित रहे । उनले २ चौका र ३ छक्का प्रहार गरे । सोहेल कुँवरलाई ६ रनमै गुमाएको कास्की ‘ए’ लाई अर्का ओपनर विकास अधिकारीले सम्हाले । रोहित चन्द पनि नितेश गिरीको बलमा एलबीडब्लुको शिकार हुँदै पभेलियन फर्किपछि १९ रन बनाउने क्रममा कास्की ‘ए’ ले २ विकेट गुमाइसकेको थियो ।
प्रतीक आचार्यलाई पनि शून्य रनमै आउट भए पनि कास्की ‘ए’ १९ रनमै ३ विकेट गुमायो । ३५ रन बनाउने क्रममा चौथो विकेट गुमायो । विवेक नेपालीलाई पनि बलर गिरीले नै बोल्ड गरे । एकपछि अर्को विकेट गुमेपछि कमजोर देखिएको कास्की ‘ए’ लाई विवेक अधिकारीले सम्हाल्ने प्रयास गरे ।
प्रतियोगितामा कास्की ‘ए’ लाई ५ विकेटले पराजित गर्दै विजेता बनेको हो
कप्तान सुवास भण्डारी पनि विधान श्रेष्ठको बल १ रनमै पभेलिनय फर्किएपछि क्रिज छिरेका विनोद नेपाली शून्यमै डकआउट भए । आयुष सैंजु ५ रनमा आउट भए । विकास अधिकारी नितेश गिरीको बलमा एलडब्लुको शिकार भए । उनले ५२ बलमा ४२ रन बनाए । ५ चौका र १ छक्का हिर्काए । कृष्ण पौडेल र अनिष खड्काले अविजित रहँदै रन उकास्के प्रयास गरे । पौडेल ६५ रनमा अविजित रहँदा खड्का २९ रनमा अविजित रहे । खड्काले ४५ बलको सामना गरेका थिए । बलिङमा नितेश गिरीले ८ ओभरमा ४ मेडन राख्दै केवल ८ रन दिएर चार विकेट लिए । विधान श्रेष्ठले ८ ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए ।
१७० रनको लक्ष्य पछ्याएको कास्की बीले विधान श्रेष्ठ र अमृत गुरुङको अविजित ३६ र ३७ रनको योगदानमा ३५.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर मुश्कान थापाले ३१ रन बनाउँदै आधार तयार पारिदिए । उनले ८३ बल खेल्न पुगे । ४ चौका हिर्काउँदै ३१ रन बनाए । सागर लामिछाने केवल ८ रनमै आउट भएपछि कास्की बीको पहिलो विकेट गुम्न पुग्यो । इशान श्रेष्ठ सस्तैमा १ रनमै आउट भएपछि कास्की बीलाई पनि जितको लक्ष्य पछ्याउन सकस पर्ने देखिएको थियो ।
विष्णु शर्मालाई सुवास भण्डारीले २१ रनमा आउट गर्दै दबावमा राखे । अनिष खड्काले किरण पौडेललाई १ रनमै पभेलियनको बाटो देखाएपछि कास्की ‘बि’ लाई अमृत र विधानले सम्हाल्दै जीतसम्म डो¥याए । सुवास विधानले ३६ बल खेल्दै ३ चौका हिर्काउँदा अमृतले भने २७ बलमा १ चौका र ४ छक्कासहित ३७ रनमा अविजित रहे । भण्डारीले ८ ओभरमा २ मेडन राख्दै २२ रन खर्चिएर ३ विकेट लिए । दुई दिवसीय सिरिजमा कास्की ‘बि’ का नितेश गिरी प्लेयर अफ दि म्याच घोषित भए । कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सन्जयकान्त सिग्देल तथा कोषाध्यक्ष वीरेन पुनले गिरीलाई ट्रफी प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१