पोखरा । चिल्ड्रेन–नेपालको २५ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले शान्त पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समिति सदस्यमा भीमलाल गुरुङ, सावित्री नेपाली, विजयकुमार कार्की, जयन्द्र भट्टराई, राधादेवी शर्मा, टेकबहादुर रसाइली, कुलप्रसाद पौडेल, कृष्णप्रसाद खराल र शान्ता प्यासी छन् । संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल कार्यसमिति सदस्यमा मनोनीत भए ।
निर्वाचन समितिमा निर्वाचन अधिकृत अधिवक्ता जनकल्याण पराजुली, विमल लामिछाने र रमेश सुवेदी रहेका थिए । नवनिर्वाचित कार्यसमितिलाई अधिवक्ता पराजुलीले सपथ ग्रहण गराए ।
नवनिर्वाचित कार्यसमितिलाई संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, सदस्यको तर्फबाट प्रेम पराजुली संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, निवर्तमान अध्यक्ष भीमलाल गुरुङ, कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले शुभकामना दिए । संस्थाका अध्यक्ष भीमलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा लगायतले बोलेका थिए ।
संस्थापक अध्यक्ष रामचन्द्र पौडेललाई संस्थामा पुर्याएको योगदानको सम्मान गर्दै दीर्घसेवा सम्मानबाट सम्मानित गरिएको थियो । संस्थाले कार्यसम्पादन मूल्यांकनबाट उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरिएका सहायक संयोजक महेन्द्र पौडेल र भण्डार सहायक/टेलिफोन अपरेटर होममाया कार्कीलाई सम्मान गरिएको थियो । लेखा अधिकृत हरिप्रसाद पोख्रेल र सहायक संयोजक विशाल घोतानेलाई समेत सम्मान गरिएको छ । संस्थाको वार्षिक समाचार पुस्तिका ‘उज्यालोको खोजी’ विमोचन गरियो । प्रगति प्रतिवेदन महासचिव विजयकुमार कार्की र आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष शान्त पौडेलले प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१