शिक्षक दिवसमा शिक्षकको सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७८
teacher

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको २० औं राष्ट्रिय परिषद तथा संगठनको ४३ औं वार्षिकोत्सव (शिक्षक दिवस) अवसरमा शिक्षक सम्मानित भएका छन् ।

संगठनले कास्कीका सामुदायिक विद्यालयमा निरन्तर शिक्षण र विद्यालयको समुन्नतिमा पुर्‍याएको योगदान आधारमा उत्कृष्ट शिक्षक सम्मान, कोभिडका बेला देशैभरका कक्षा १० का एसइई विद्यार्थीलक्षित अनलाइन सिकाइ केन्द्रमा निशुल्क सिकाइ सहजीकरण गर्ने शिक्षकलाई सम्मान, अक्षयकोषदाता सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान गरेको संगठन कास्की अध्यक्ष रोमहर्षण पौडेलले बताए ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले नेपालको राजनीतिमा शिक्षकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले एमालेका लागि अब आउने चुनाव चुनौतीपूर्ण रहेको हुँदा आउने चुनावमा उल्लेखीय भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको बताए । कार्यक्रममा शिक्षा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदी, मानवीय मनबहादुर गुरुङ, नेकपा गण्डकी प्रेस सचिवालय सदस्य दीपक पौडेल, नेपाल पेसागत संगठन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरका अध्यक्ष विष्णुहरि त्रिपाठीलगायतले मन्तव्य राखेका थिए ।

यस्तै, शिक्षक सहकारीका बारेमा सहकारीका अध्यक्ष उमनाथ गौतमले सहकारीको वर्तमान अवस्था र भावी रणनीतिबारेमा बताए । सांगठनिक प्रतिवेदन नेराशिसंका सचिव तीर्थराज ढकाल र आर्थिक प्रतिवेदन नेराशिसंका कोषाध्यक्ष यामनाथ सुवेदीले प्रस्तुत गरेको आइसिटी विभाग संयोजक दामोदर तिमिल्सिनाले जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष वसुन्धरा पौडेलले स्वागत, उपाध्यक्ष हर्क लामिछानेले धन्यवाद ज्ञापन र सचिव तीर्थराज ढकालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width