कालीगण्डकीमा सशस्त्र प्रहरीको ‘सिमुलेसन’

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७८
simulationssf

स्याङ्जा । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम (राम्दी) मा ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ (सिमुलेसन) गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ३० गुल्म स्याङ्जाको आयोजनामा सिमुलेसन गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल ४ मुक्तिनाथ बाहिनी र गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको समन्वयमा स्याङ्जामाा सिमुलेसन गरिएको हो ।

बाढी पहिरो आउँदा कसरी र कुन कुन माध्यम उपयोग गरेर मानवीय साथै भौतिक संरचनाको उद्धार एवं सहयोग कसरी गर्न सकिन्छ भन्ने अभ्यास गराइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन न्यौपानेले जानकारी दिए ।

बर्सेनि जाने बाढीपहिरो, चट्याङ्, आगलागी, दुर्घटना र महामारी लगायत विपत्ति तथा प्रकोपका कारण हुने जनधनको क्षति न्यूनीकरणका गर्न उद्धार टोलीले गर्नुपर्ने विविध कार्य, तयारीबारे सिमुलेसन गरिएको हो ।

प्राकृतिक तथा अन्य विपत्तिबाट छिटो छरितो जोगिन र जोगाउनका लागि तत्काल अपनाउन सकिने विधि र प्रक्रिया अपनाई सिमुलेसन गरिएको मुक्तिनाथ बाहिनीपति शम्भु सुवेदीले जानकारी दिए ।

बर्सेनि गरिने यस्ता अभ्यासअन्तर्गत यसवर्ष लमजुङमा भूकम्पसम्बन्धी, कास्कीमा फेवातालमा डुब्ने अभ्याससम्बन्धी र स्याङ्जा विपद् उद्धारसम्बन्धी नमूना अभ्यास गरिएको बाहिनीपति सुवेदीले उल्लेख गरे ।

जिल्लामा हुने हरेक विपद्का बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले जिम्मेवारीपूर्वक काम गर्दै आएको प्रमुख जिल्ला अधिकार एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका राजुप्रसाद पौडेलले जनाए ।

गल्याङ नगर प्रमुख भूपराज अधिकारी र पाल्पाका बगनासकाली अध्यक्ष विष्णुप्रसाद बस्यालले यस्ताखाले नमूना अध्यास वडा तहसम्म पु¥याउनुपर्नेमा जोड दिए ।

करिब डेढ घन्टाजतिको नमूना अभ्यासमा क्रममा ‘बाढीपहिरोमापरी कालीगण्डकी नदीमा चिच्चाउँदै बगेका ४ युवालाई केही सुरक्षाकर्मीले डोरीबाट हामफालेर, केही डुंगामा चढेर, केही पौडिँदै गएर बग्दै आएका युवालाई उद्धार गरी, प्राथमिक उपचार गरेर अस्पतालसम्म पु¥याउने सम्मका र १ बेपत्ता व्यक्तिलाई गोताखोरका माध्यमबाट खोजेर नदीबाट बाहिर निकाली मृत रहेको शरीर उनका आफन्तलाई जिम्मा लगाउनेसम्मका चरणबद्ध कार्य प्रर्दशन गरिएको थियो ।

नमूना अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहली, नेपाली सेनालगायत सुरक्षाकर्मीको सहभागी थिए भने सहजीकरण सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width