पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित भएका छन् । उनी यसअघि महासचिव थिए ।
२५ औं साधारणसभा तथा १३ औं अधिवेशनले २ सदस्य पछि मनोनयन गर्ने गरी १३ सदस्यीय समिति निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा निर्मला कोइराला, महासचिव ठाकुर बराल, सचिव विन्ध्यश्वरी बराल र कोषाध्यक्ष कमलप्रसाद न्यौपाने छन् । सदस्यमा श्रीराम आचार्य, विष्णुप्रसाद पौडेल, दिलीप दोषी, विष्णुप्रसाद तिमिल्सिना, त्रिभुवन बराल, मिलन प्रतीक, अर्जुन भण्डारी र रामप्रसाद आचार्य छन् ।
गोविन्द पौडेल संयोजक र गीताकुमारी लामिछाने सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको सभामा वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले संस्थाले सम्पदा संरक्षणमा गरेको योगदान उल्लेखनीय रहेको बताएका थिए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले महाकाली बचाऊदेखि आएकाले परिस्थितिअनुसार भूमिका निर्वाह गर्न आग्रह गरे ।
साधारणसभाले संस्थाको महासचिव सुनिल पाण्डेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ठाकुरप्रसाद बरालको आर्थिक प्रतिवेदन पारित गरेको छ । राष्ट्रिय सम्पदा २०४८ मा महाकाली बचाउ अभियानबाट सुरु भएको हो ।
औपचारिकरुपमा २०६३ मा दर्ता भएको संस्थाले मानवअधिकार रक्षा, सीमा समस्या र सम्पदा संरक्षणका लागि खबरदारी गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेले संस्थाको गरिमालाई अझ उचो बनाउने गरी कार्ययोजना बनाइने र उत्पन्न हुने परिस्थितिअनुसार भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘मानवअधिकार संरक्षण र सीमा समस्या समाधान र सम्पदा संरक्षणका लागि निरन्तर खबरदारी गर्छाैं । यो क्षेत्रमा क्रियाशील थप व्यक्तित्वलाई संस्थामा आवद्ध गराई सरोकारवालालाई समस्या समाधानका लागि दबाब सिर्जना गर्ने छौं ।’
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१