पोखरा । विश्व स्वास्थ्य दिवस अवसरमा त्रिवि पोखरा नर्सिङ क्याम्पस पोखरा प्राध्यापक संघ इकाइ समितिको आयोजनामा प्रभातफेरी भएको छ ।
‘स्वच्छ वातावरण स्वस्थ नेपाली’ भन्ने नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय र पोखरा नर्सिङ क्याम्पस पूर्व विद्यार्थी मञ्चको समन्वयमा नर्सिङ क्याम्पस परिसरबाट सुरु प्रभातफेरी गीता मन्दिर, बुद्धचोकहुँदै अम्मरसिंह चोकमा पुगेर समापन भएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ मन्त्री मधु अधिकारी गुरुङले स्वास्थ सेवामा नर्सको भूमिका महत्तवपूर्ण रहेको हुनाले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई उत्पादनमा मात्र नभइकन व्यवस्थापनमा पनि जोड दिंदै स्वास्थ क्षेत्रमा लगानी बढाउनेतर्फ सरकारले जोड दिने बताइन् ।
प्राध्यापक संघ इकाइ समिति सभापति नीलम महर्जनले पृथ्वीको सही संरक्षणबाट मात्र मानव स्वास्थमा टेवा पुर्याउन सकिने बताइन् । उनले १५÷२० वर्षअघिको पोखरा र आजको पोखराको वातावरणमा आश्चर्यजनक परिवर्तन आएकोमा सचेत रहन आग्रह गरिन् ।
कार्यक्रमको संचालन प्राध्यापक संघका सचिव उपप्राध्यापक कल्पना पौडेल र स्वागत उपप्राध्यापक रेखा थपलिया आचार्यले गरेकी थिइन् ।
क्याम्पसका प्रशासन प्रमुख प्रजापति पराजुलीले पोखरा नर्सिङ क्याम्पसले क्याम्पसको उन्नति र समृद्धिका लागि गुणस्तरियता कायम गर्न क्याम्पसमा बिभिन्न कार्यक्रमहरु गरिंदै आएको बताए ।
सहप्राध्यापक डा. कल्पना पौलेलले पृथ्वी दुषित भयो भने रोगका संख्याहरु बढ्दै जाने हुँदा वातावरणको स्वच्छ र सही संरक्षणबाट स्वास्थ, निरोगी हुन सकिने बताइन् ।
२०३९ फागुन १७ मा स्थापना भई प्रमाणपत्रदेखि स्नातकोत्तरसम्म अध्ययन अध्यापन गरिने नर्सिङ क्याम्पसका सबै तहका विद्यार्थी, शिक्षक र कर्मचारीहरु गरी करिब १ सय ५० जनाले प्रभातफेरीमा भाग लिएका थिए ।
सो अवसरमा विद्यार्थीबीच भएको प्ले कार्ड प्रतियोगितामा बिएस्सी दोस्रो वर्षकी सुस्मिता जसवाल, चिना थापा र मनिषा पौडेलको समूह प्रथम भएको थियो ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१