पोखरा । गण्डकीलाई आर्थिक वर्ष २०७८/०७९ भित्र उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने तयारी थालिएको छ । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले दोस्रो चौमासिक प्रगति सार्वजनिक गर्दै मन्त्रालय प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने गरी अघि बढेको जानकारी दिएको छ ।
मन्त्री हरिशरण आचार्यले प्रदेशका सम्पूर्ण घरधुरीमा कुन न कुनै किसिमको विद्युत सुविधाको पहुँच पुर्याई यही आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणा गर्ने बताए । प्रदेशमा हालसम्म नवीकरणीय ऊर्जामार्फत ६.४६ प्रतिशत र रािष्ट्रय विद्युत प्रसारण लाइनमार्फत ९२.७९ गरी ९९.२५ प्रतिशत घरधुरी विद्युतको पहुँचमा पुगेको उनको भनाइ थियो । ‘ढोरपाटन नगरपालिकाको ६ नम्वर वडा, नवलपुरको बौदीकाली, हुप्सेकोट र बुलिङटार गाउँपालिकाको केही स्थानमा विद्युतको पहुँच पुगेको छैन,’ उनले भने, ‘बोधा पोखरी सवस्टेसन बन्न ढिलाइ भएका कारण पनि समस्या भएको हो । २ वर्षदेखि काम नगरेको ठेकेदारलाई सम्पर्कमा ल्याएर काम सुरु गरेका छौं ।’
मन्त्रालयले खानेपानीतर्फ पनि काम उल्लेखनीय काम गरेको बताए । प्रदेशभर १ हजार ८१ खानेपानी योजना रहेकोमा १ हजार ५३ योजनामा कार्यान्वयनमा गइसकेको उनको भनाइ छ । प्रदेशभर अहिलेसम्म ९२ हजार २ सय १९ धारा जडान गरी ४ लाख ७२ हजार १ सय ९३ जना नागरिक खानेपानीको पहँुचमा पुगेको उनले जानकारी गराए । ‘प्रदेशमा अहिले १५ प्रतिशत जनताले मात्र प्रशोधित पानी पिएका छन्,’ उनले भने, ‘हामीले अहिले शुद्ध पानीभन्दा पनि आधारभूत खानेपानीमा ध्यान दिएका छौं । आधारभूत खानेपानी पूरा भएपछि शुद्ध खानेपानीतर्फ योजना ल्याउँछौं ।’
मन्त्रालयले नदी नियन्त्रण, सिंचाइसँगै जनतासँग मन्त्री, समस्या समाधानका लागि मन्त्रालय अभियान नियमित चलाइरहेको उनको भनाइ थियो । मन्त्रालयले दोस्रो चौमासिकसम्म ६३.२० प्रतिशत भौतिक प्रगति र ३१.७७ प्रतिशत वित्तीय प्रगति गरेको उनले सुनाए । विविध कारणले मन्त्रालयको भौतिकभन्दा वित्तीय प्रगति कम भएको मन्त्री आचार्यले बताए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१