कांग्रेस गण्डकीमा ७ मनोनीत

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७८
congress~

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश संसदीय समिति सदस्यमा ७ जनालाई मनोनयन गरेको छ ।

शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले कांग्रेसको विधानअनुरुप ७ जनालाई प्रदेश संसदीय समितिको सदस्यमा मनोनयन गरेको हो । गठित संसदीय समितिमा अर्जुन जोशी पर्वत, माधव बास्तोला कास्की, मीना केसी पर्वत, पूर्णबहादुर दाहाल गोरखा, द्रोण वन सन्यासी नवलपुर, इन्द्रप्रसाद पौडेल बाग्लुङ र खुमबहादुर गुरुङ स्याङ्जा रहेका पार्टी प्रचारप्रसार विभागका प्रमुख रमेश पौडेलले बताए । २ जना अझ रिक्त छन् ।

पदाधिकारीहरु संसदीय बोर्डको पदेन सदस्य रहने छन् । बैठकले उपसभापति कल्पना तिवारीलाई प्रशिक्षण विभागको प्रमुख तोक्ने निर्णय गरेको छ । साथै बैठकले आसन्न निर्वाचनका लागि प्रचार प्रसार अभियानलाई तीव्र बनाउन महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । अर्का महामन्त्री विष्णु लामिछानेको संयोजकत्वमा नीति निर्माण तथा घोषणापत्र तयार गरी प्रदेश समिति समक्ष पेश गर्ने निर्णयसमेत गरेको छ ।

अनुशासन समितिको संयोजक शान्तिरमण वाग्ले तनहुँ र सदस्यमा ध्रुव पगेनी स्याङ्जा गठन गरिएको छ । बैठकले कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई मासिक लेभी रकम बुझाउनु पर्ने निर्णय समेत गरेको जनाइएको छ ।

बैठकमा ३६ वटा निर्वाचन क्षनेत्रमा खटाइएका प्रदेशका प्रतिनिधिहरुले क्षेत्रगत रुपमा प्रतिवेदन पेस गरेका थिए । अधिकांश प्रतिनिधिले गठबन्धन बारेमा मिश्रित धारणा राखेका थिए ।

सभापति शुक्रराज शर्माले अबको कांग्रेस युवाको नेतृत्वमा अगाडि बढाउने बताए । उनले पार्टीभित्र गुट उपगुट नभई सबै कांग्रेस एक भएर निर्वाचनमा जानुपर्नेमा जोड दिए । नेता अर्जुनप्रसाद जोशीले सक्षम व्यक्तिलाई पार्टीले कदर गरी स्थानीय तहमा कुनै गुट र नेताको छाप नपारी जानुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width