बार एसोसिएसन गण्डकी उपाध्यक्षमा वीरेन्द्र केसी निर्वाचित

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७८
birendra kc

गण्डकी प्रदेशबाट उपाध्यक्षमा निर्वाचित वीरेन्द्र केसी

पोखरा । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । यस्तै, गण्डकी प्रदेशबाट उपाध्यक्षमा पोखराका अधिवक्ता वीरेन्द्र केसी निर्वाचित भए ।

सत्ता गठबन्धनमा आबद्ध दलहरू निकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका घिमिरेले करिब २ हजार मतान्तरसहित निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् ।

बारको चुनावमा गण्डकी प्रदेशबाट उपाध्यक्षमा निर्वाचित वीरेन्द्र केसी लोकतान्त्रिक, प्रगतिशील, समावेशी, पेसागत कानुन व्यवसायी समूहका हुन् । केसीले भूपेन्द्र खनाललाई झण्डै १६ सय मतअन्तरले पराजित गरेका हुन् । निर्वाचित केसीले कुल खसेको मतमा ४ हजार २ सय ४८ मत प्राप्त गरेका छन् ।

उच्च अदालत बार एसोसिएसन पोखराका सदस्य केसी विगतमा पुनरावेदन बार एसोसिएसनमा विष्णुकुशल भुजेलको पालामा कोषाध्यक्ष भइ काम गरेका थिए । उनी पोखरा विश्वविद्यालयलगायत विभिन्न संघसंस्थामा कानुनी सल्लाहकार छन् ।

पोखराको भलामका ५१ वर्षीय केसी हाल बगर बस्छन् । उनी तीन दशकदेखि कानुन व्यवसायमा संलग्न छन् । गृहनगर (पाेखरा) मा बारको चुनावअन्तर्गत ३ सय ९५ मत खसेकोमा उनको पक्षमा २ सय ४४ मत परेको थियो।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width