गणेश भट्टराईलाई मेयर बनाउन संघको आग्रह

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७८
ganesh bhtt

पोखरा । पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ गण्डकीले आग्रह गरेको छ ।

पोखरामा बिहीबार भएको भेलामा पर्यटन क्षेत्रका व्यवसायी र पोखरा वडा ६ का प्रतिनिधिले समेत महानगरको उपमेयर समेतको जिम्मेवार सम्हालेका भट्टराईलाई मेयर बनाउँदा पोखराको पर्यटन क्षेत्रसँगै समग्र पोखराको विकास हुने बताए ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी काँग्रेसका नेता गणेशबहादुर भट्टराईले भिजन र मिसन भएको लोकप्रिय व्यक्तिलाई पार्टीले महानगरको मेयर उम्मेदवार छनोट गर्नुपर्ने बताए । उनले जितेर देखाउनु ठूलो कुरा भएकाले सबैको साथ र सहयोग पार्टीले दिने उम्मेदवारमा हुनुपर्ने बताए ।

पोखरा व्यवस्थित बनाउन योग्य र सक्षम मेयर उम्मेदवार पार्टीमा आकांक्षी धेरै भए पनि त्यसमध्येबाट योग्य र सक्षम उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो । आफू मेयर बनेमा पोखरा महानगरलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । महानगरमा हुने निर्णयहरु भोटको लागि नभई समग्र पोखराको विकासका लागि एजेण्डा बोक्ने हुुनुपर्ने भट्टराईको जोड छ ।

नेपाल पर्यटन व्यवसायी संघ गण्डकीका अध्यक्ष सोम थापाले पर्यटन र विकाससँग जोडिएका व्यक्तिले मात्र पोखराको भविष्य उज्वल बनाउन सक्ने भएकोले भट्टराई उपयुक्त पात्र भएको बताए ।

नेपाली काँग्रेस पोखरा महानगरपालिकाका नगर सचिव गणेश थापाले पोखरा महानगरले पोखराको तालको मापदण्डको विषयमा भोटको राजनीति गरेको आरोप लगाए । महानगरले गरेको निर्णयको प्रतिलिपि माग्न जाँदा मौखिकमात्र भएको भनी जनतालाई भ्रमित पारेको उनको भनाइ छ । पोखरा बनाउनका लागि सबैको साथ र सहयोग हुन्छ, भ्रमित पारेर मतदातालाई प्रभावित पार्न खोज्नु निन्दनीय भएको आरोप लगाए ।

पोखरा महानगर वडा ६ का काँग्रेस इकाइ सभापति सन्तोष पौडेलले मेयरको लागि गणेशबहादुर भट्टराईलाई वडाबाट पठाउने बताए । यस्तै, वडाध्यक्षको लागि भेलाबाट ५ जनाको नाम सिफारिस भएको र उनीहरुबीच १ जनालाई सर्वसम्मत उम्मेदवार बनाउन पहल भइरहेको बताए । वडाध्यक्षका लागि जगत पहारी, बलराम गिरी, शिशिर पहारी, लक्ष्मी भट्टराई र सन्तोष पौडेलले आकांक्षा व्यक्त गरेका छन् ।

कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि डा. कृष्ण पौडेल, दीपकवीर कुँवर, धरमसिंह लामिछाने, महासमिति सदस्य अर्जुन पोखरेल, लक्की कार्की, काँग्रेस जिल्ला सदस्य चौबहादुर गुरुङ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग