पोखरा । पाहार ट्रष्ट नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले साधारणसभा उद्घाटन गर्दै संस्थाको कार्यको प्रशंसा गरिन् । अभाव, विपन्न एवं अत्यावश्यक शिक्षा,स्वास्थ्य क्षेत्रमा भौतिक निर्माण, पुर्वाधार विकास, पुस्तकालय अभियान, तालिम लगायत छात्रवृत्ति वितरण गर्दै अनुकरणीय कार्य गरेको उनले बताइन् । उनले पहार ट्रष्टले तिनतहको सरकारसँग थप सहयोग माग गर्दै अघि बढ्न सुझाव दिइन् ।
पहार ट्रष्ट नेपालका संस्थापक अध्यक्ष एवम प्रमुख संरक्षक चन्द्रबहादुर गुरुङले करिब २ सय ९० शिक्षालय, ६५ पुस्तकालय निर्माणका साथै ६० हजार भन्दा बढी लाभान्वित गराउँदै पहार ट्रष्ट अघि बढिरहेको बताए । पहार ट्रष्ट प्रचाररमा भन्दा काममा विश्वास राख्ने भएको कर्ममा जुटिरहेको बताए ।
डा.बुद्धिबहादुर थापाले लामो समयदेखि बिना प्रचार अत्यन्तै महत्वपूर्ण कार्य गरेकोमा पहार ट्रष्टलाई बधाई ज्ञापन गरे । उनले आगामी योजनालाई व्यवस्थित गर्न पहार ट्रष्टले केही आन्तरिक प्राविधीक प्रवन्ध मिलाउन सुझाए ।
प्रमुख सल्लाहकार एवम परिकल्पनाकार क्या.पूर्णबहादुर ह्योल्मोले ट्रष्टको केही ऐतिहासिकताको चर्चा गर्दै स्रोतको सरकारले पहार ट्रष्टले जसरी सदुपयोग गरे नेपालको विकास कति अघि बढ्थ्यो भने।
नेपाल राष्ट्रिय बाल अधिकार परिषद एवं पहार ट्रष्टका आजीवन सदस्य भीमलाल गुरुङले लक्षित समूहमा योजना पु¥याउन पहार ट्रष्ट अघि बढिरहेको बताए । उनले विद्यालयको वातावरण सुरक्षित, शैक्षिक र अनुकुलित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महासचिव कृष्णबहादुर गुरुङले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रिना थापामगरले आर्थिक प्रतिवेदन, कार्यालय प्रमुख कान्ता घलेबाट आगामी आर्थिक वर्षका लागि करिब साढे ७ करोडको योजनाहरु प्रस्तुत गरिएको थियो।
पहार ट्रष्ट नेपालका अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको लक्ष्मी थापाले सञ्चालन र भगवान् पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
२९ वर्षदेखि नेपालको ग्रामीण भेगका २१ जिल्लामा शैक्षिक पूर्वाधार विकास तथा वातावरण निर्माणका लागि संस्था क्रियाशील छ ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१