लेखनाथ । आँखाको ज्योति गुमेका तथा न्युनदृष्टि भएका समुदायको हकहितका लागि काम गर्दै आएको कास्की नेत्रहीन संघले बिहीबारदेखि साताव्यापी स्थापना दिवस मनाउन थालेको छ ।
सो कार्यक्रमको शुभारम्भ गर्दै पूर्व गृहमन्त्री खगराज अधिकारीले शारीरिकरुपमा कमजोरी भए पनि ज्ञान, क्षमता र सीपले मात्र मानिसलाई अगाडि बढाउने भएकाले आफूलाई कमजोर नसम्झी उच्च आत्मबल साथ अगाडि बढ्न आग्रह गरेका थिए ।
शारीरिकरुपमा सांग भए पनि विचारले अपांग भएकालाई कहिल्यै पनि सुधार्न नसकिने तर्क गर्दै नेता अधीकारीले आफूलाई कमजोर नसोची जीविकोपार्जनमा लाग्न सुझाव दिए ।
सोही अवसरमा दृष्टिविहीन अपांगता भएका व्यक्तिको आयआर्जनमा सहयोग पुग्ने गरी सिबिआरको आर्थिक सहयोगमा २५ जनालाई कुखुराका चल्ला, दाना र औषधी वितरण गरिएको थियो भने ६० जनालाई सेतो छडीसमेत वितरण गरिएको थियो ।
साथै, दृष्टिविहीनलाई सेतोछडीबाट सहज रुपमा हिंडडुल गर्न सहिजोहोस् भनी नेपालमा नै पहिलो पटक २ सय मिटरको सेतोछडी दौड प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा पसबहादुर गुरुङ प्रथम, अपेक्षा पोखरेल दोस्रो, बिसु तामाङ तेस्रो र उमनाथ अधिकारी तथा प्रमोद दाहाल सान्त्वना भए ।
कास्की नेत्रहीन संघ अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय महासचिव शिशिर खनाल, सचिव कुशलराज पौडेल र सहसचिव सुनिल ज्ञवाली लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१