गाउँमा सडक पुग्दा नाचगान

साधन राम्जाली
चैत्र २५, २०७८
kuinema sadak pugyo 1

म्याग्दी । रघुगंगा गाउँपालिका–८, कुइनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन गरिएको छ । गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गर्बुजाले जिल्लाका दुर्गम क्षेत्रमा सडक सञ्जाल, विद्युतीरणसहितका अति आवश्यक पूर्वाधारका लागि निरन्तर बजेटको माग गरिएको बताए । ‘कुइनेमा जोडिएको सडकले धेरै सुविधा थपिएको छ । अन्य समस्याबारे समेत सम्बन्धित निकायमा पुग्नेछु,’ उनले भने । उनले रघुगंगा र धवलागिरी गाउँपालिका जोड्ने सडक सञ्जाल समेत प्राथमिकतामा रहेको बताए ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले सडकलाई स्तरोन्नति गरी बाहै्रमहिना संचालन गर्न मिल्ने बनाउने बताए । ‘हिमपात र बर्खाको समयमा हुने समस्या समाधानका लागि प्रतिबद्ध छौं । गाउँलेको चाहना र पालिकाको सपना पूरा भएको छ,’ अध्यक्ष भण्डारीले भने । सडक सञ्जाल जोडिएपछि गाउँमा उत्पादन हुने कृषिजन्य बस्तुको बजारीकरणमा समेत सहज भएको बताए । उनले आगामी वर्ष गाउँसम्म केन्द्रीय विद्युतीकरण समेत गरिने बताए ।

कार्यक्रममा रघुगंगाकी उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष गमान छन्त्याल, कांग्रेस उपसभापति केबी भण्डारी, प्रदेश ‘क’ का सभापति ओम छन्त्याल, तरुण दल अध्यक्ष मुकुन छन्त्याल, समाजसेवी भरत छन्त्याल, चित्रमान छन्त्याल लगायतले बोलेका थिए । रघुगंगा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटरको सडक निर्माण भएको हो ।

कुइनेका बासिन्दालाई एक दिन लाग्ने सडक ५ घन्टामा छोट्टिएको छ

ठाडाखानी–भेडिखाल्टा–कुइने सडकखण्डअन्तर्गत थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिले सडक विस्तारमा चालु आवमा ९१ लाख १२ हजार लागतमा गण्डकी प्रदेश सरकारको समपुरक बजेटबाट ५० लाख, गाउँपालिका ३३ लाख ५० हजार रहेको समिति अध्यक्ष चबहादुर छन्त्यालले बताए । ‘सडकमा स्थानीय र सहयोगदाताको योगदान अतुलनीय रहेको छ । हामीलाई अब सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न सहज भएको छ,’ अध्यक्ष छन्त्यालले भने ।

रघुगंगा गाउँपालिका–६, ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किमी सडक निर्माण भएको हो । ठाडाखानी–भेडिखाल्टा–कुइने सडकखण्डअन्तर्गत थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिले सडक विस्तारमा चालु आवमा ९१ लाख १२ हजार लागतमा गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख, गाउँपालिका ३३ लाख ५० हजार रहेको समितिका अध्यक्ष चबहादुर छन्त्यालले बताए । ‘सडकमा स्थानीय र सहयोगदाताको योगदान अतुलनीय रहेको छ । हामीलाई अब सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न सहज भएको छ,’ अध्यक्ष छन्त्यालले भने ।

सडक गाउँमा पुगेको खुसीयालीमा स्थानीयबासीले नाचगानसमेत गरेका थिए । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई १ दिन लाग्ने सडक ५ घन्टामा छोट्टिएको छ । सदरमुकाम बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किमी छ । बाटो निर्माण समिति समिति अध्यक्ष छन्त्यालको अध्यक्षता मालिका अधारभूत विद्यालय प्रअ खिममाया छन्त्यालको स्वागत र पूर्ण छन्त्यालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…

hero news full width