पोखरा । मुलुकमा शान्तिको कामना गर्दै एकै समयमा फरक–फरक ५ स्थानमा महायज्ञ तयारी गरिएको छ । गण्डकी प्रदेशका ३ जिल्ला (पर्वत, बागलुङ र म्याग्दी) मा वैशाख १ देखि ५ सम्म पञ्चश्री महायज्ञ हुने भएको हो ।
मुक्तिनाथ सन्त सेवाश्रम रामघाटको आयोजनामा राष्ट्रिय संस्कृति र सम्पदाको संरक्षणको लागि महायज्ञ आयोजना गर्न लागिएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले जानकारी दिए ।
अन्नतश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनााचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को नेतृत्वमा पर्वतको जलजलास्थित मृगसरोवरकालञ्जर समाज समृद्धि महायज्ञ, बागलुङको रारायिकोट समाज समृद्धि महायज्ञ, मालिका भगवती तथा गौशला समाज समृद्धि महायज्ञ बागलुङ, म्याग्दीको सिद्धभूमि समाज समृद्धि महायज्ञ र म्याग्दीकै गौश्वाँरा महायज्ञ गर्न लागिएको महायज्ञ मूल आयोजक समितिले जनायो ।
पाँचै स्थानमा गरिने महायज्ञ विगतका महायज्ञभन्दा फरक हुनेछ । त्यहाँ सहभागी हुने भक्तजनहरुले अध्यात्मिक शान्तिको महसुस गर्न सक्ने दाबी गरिएको छ । यसका साथै महायज्ञमा समग्र राष्ट्रको समृद्धिका लागि श्रीपञ्चलक्ष्मीको विषेश हवन गरिनुका साथै साधकको आन्तरिक शान्तिको लागि योग, ध्यान, जप, पाठपरायण, संस्कृतन, मन्त्रलेखन गरिने आयोजनाको भनाइ छ ।
पञ्चश्रीमहायज्ञ सम्पन्न गर्न पाँचै स्थानमा स्थानीय श्रद्धालु भक्तजनको सक्रियतामा तयारी तीव्र पारिएको सेवाश्रम समितिका उपाध्यक्ष मीना भट्टराईले बताइन् । उनले महायज्ञबाट लाभ लिन आग्रह गरिन् । महायज्ञमा एउटा यज्ञ ११ जना विद्वान आचार्यहरुको नेतृत्वमा सञ्चालन हुनेछ ।
महायज्ञले समाजमा विकृति र विसंगति अन्त्य गर्दै जनमानसमा धर्म, संस्कार तथा संस्कृतिको प्रेम र आध्यात्मिक साधना अनुभव हुने स्वामी प्रपन्नचार्यले विश्वास व्यक्त गरे । उनले विभिन्न हिसाबले महत्वपूर्ण रहेको ऐतिहासिक महायज्ञमा सहभागी हुन सबैलाई आह्वान गरे । बैशाख १ मा महायज्ञ शुभारम्भको दिन बिहान सबैले आ–आफ्नो पूजाकोठा वा तुलसीको मठमा दीप प्रज्ज्वलन गरी शंख घण्ट ध्वनी गर्दै तुलसीको मठमा बाँसको लिंगा बनाई ॐका अंकित झण्डा सहित ध्वजा रोहण गर्ने र साँझ दीपप्रज्ज्वलन गर्न महायज्ञका प्रवक्ता सुदर्शन शास्त्रीले अनुरोध गरे ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१