आत्महत्या रोकथाम एवं दुव्र्यसनसम्बन्धी सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७८
community police

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको अवधारणा तथा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आत्म हत्या रोकथाम एवं लागुपदार्थ दुव्र्यसनसम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ । जलधारे बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रममा सहकार्य गरेको थियो ।

पोखरा २६ का अध्यक्ष नारायणप्रसाद बरालले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा स्थानीय टोल विकास संस्था, युवा क्लब, आमा समूह, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवाका प्रतिनिधि लगायत १ सय ७५ जना सहभागी थिए ।

कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा. राजन शर्मा र प्रहरी नायब निरीक्षक होतबहादुर रोकाहाले आत्महत्या रोकथाम एवं लागुपदार्थ दुव्र्यसनीसम्बन्धी प्रशिक्षण दिएका थिए ।

क ार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बजगार्इं, उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतम, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, जलधारे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकान्त ढुंगाना, इलाका प्रहरी कार्यालय डाडाकोनाक शिशुवा कास्कीका प्रहरी निरीक्षक मेघनाथ चापागाईंलगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव विष्णु सुवेदीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग