पोखरा । माझठाना पोखरा सम्पर्क समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो लोकार्पण गरिएको छ ।
समाजका संरक्षक एवं ज्येष्ठ नागरिक गंगादेवी लामिछानेले पोखरामा आयोजित एक समारोहमा भित्तेपात्रो लोकार्पण गर्दै नयाँ वर्षले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरिन् ।
माझठानाको टारी, बेगनासताल लगायत सो क्षेत्रमा भए गरेका विकास निर्माण, महत्वपूर्ण प्राकृतिक सम्पदा तथा धार्मिक क्षेत्रलाई प्रकाशित भित्तेपात्रोमा समेटिएको समाजका अध्यक्ष दयाराम तिवारीले जानकारी दिए । यस्तै सौर्यस्थित मनकामना मन्दिर, किरातेश्व महादेव बसाहढुंगा, स्याङखुदीस्थित शिव मन्दिर, पात्ले देउराली शिव मन्दिरका तस्बिर समावेश गरिनुका साथै संस्थाले १ वर्षको अवधिमा गरेका गतिविधि समेत समेटिएको उनको भनाइ छ ।
लोकार्पण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने र निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, समितिका उपाध्यक्षद्वय शारदा लामिछाने र भोलानाथ ओझा, सचिव रामकृष्ण तिवारीलगायतले समाजले सबैलाई समेट्दै माझठानाको विकास निर्माणमा जोड दिनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१