लेखनाथ । ‘ज्येष्ठ नागरिक अनुभवका खानी हुन्, अपहेला नगरौं’ भन्ने उद्घोषका साथ पोखरा ३२ स्थित ब्रह्मरुपा माविमा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण हस्तान्तरण कार्यक्रम भएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय कास्कीको समन्वय र पोखरा वृद्धाश्रमको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका करिब ४० जना छात्र छात्रा, स्थानीय ज्येष्ठ नागरिक र शिक्षकको सहभागिता थियो ।
कार्यक्रममा प्रशिक्षण दिंदै प्रशिक्षक सम्झना पराजुलीले ज्येष्ठ नागरिक माया, ममता र करूणाका स्रोत भएको बताइन् । उनले ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण गर्नुपर्ने सुझाव दिइन् । वृद्धावस्थामा सोचाइ, व्यवहार र बोलीचाली परिवर्तन हुँदै जाने हुनाले संस्कारका कुरा ज्येष्ठ नागरिकबाट लिने र नयाँ प्रविधिका कुरा नयाँ पिढीले पुरानो पिढीलाई दिन पुस्तान्तरण गर्नुपर्ने सम्बद्ध सबैमा आग्रह गरिन् ।
प्रशिक्षक ऋषिराम त्रिपाठी कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयन माध्यमबाट ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार र उनीहरूको सहज जीवनयापनका लागि ठोस पहल गर्नसमेत सबैमा आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवको पुस्तान्तरण र अनुशरण गर्न छात्रछात्रालाई आग्रह गरे ।
सहायक प्रधानाध्यापक मधुसुधन सापकोटाले ज्येष्ठ नागरिक भनेका ‘गोधुली साँझ’ हुन् भने । उनीहरुका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारीसाधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिंदा लाइनमा बस्नु नपर्नेलगायत सुविधाको व्यवस्था समेतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक महेश्वर पण्डितले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१