नेपालकेशरी मणिभद्रको भारततर्फ प्रस्थान

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७८
manav milan mani

पोखरा । नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजको सर्वोदय शान्ति पदयात्रा पश्चिम महाकालीको महेन्द्रनगरको गड्डाचौकीबाट भारततर्फ प्रस्थान गरेको छ ।

विदाइ कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीले साँधुसन्तले टेकेको यो भूमि पनि तीर्थ हुने कुरा व्यक्त गर्दै यात्रा सफलताको कामना गरे ।

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोदय शान्ति पदयात्रा गर्दै सबैको उदयको लागि कामना गरे । नेपालबाट बिदाइ भए पनि छिट्टै फेरि स्वागत गर्न पाउँ भनी सदीक्षा व्यक्त गरे । उनले हिन्दू राष्ट्र बनाउन पहिला भारतबाट सुरु गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खबर पठाउन मुनिजीलाई अनुरोध गरे ।

मानव मिलन संस्था तथा धनगढी जैन समाजका अध्यक्ष सम्पतलाल छाडेडको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपि साउद, हिन्दू स्वयंसेवक संघका संचालक पूर्व एआईजी कल्याण तिमिल्सिना, कार्यक्रम संयोजक शंकर पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विश्व हिन्दू महासंघका उपाध्यक्ष जोस्ना साउतले स्वागत र मानव मिलन अन्तर्राष्ट्रिय महिला सचिव सावित्री शर्माले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width