पोखरा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण स्रोत, साधन र जनशक्तिलाई स्थानीय तह निर्वाचनमा केन्द्रित तुल्याउन निर्देशन दिएका छन् ।
सरकारको स्वामित्वमा रहेका सार्वजनिक सञ्चारमाध्यमका प्रमुख र प्रतिनिधिसँगको छलफलमा उनले सिंगो मुलुक नै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, मितव्ययी र भयरहित तुल्याउन केन्द्रित रही अघि बढनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘हाम्रा सबै स्रोत, साधन र जनशक्ति निर्वाचनतर्फ केन्द्रित गरी निर्वाचनका निम्ति उपयुक्त वातावरण तयार गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित निर्वाचन गर्नु हामी सबैको साझा दायित्व हो ।’
निर्वाचन प्रचारप्रसारका सन्दर्भमा कुनै पनि कमीको अनुभूति नहुने गरी उत्साहजनकरूपमा काम गर्ने सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सुझाव दिंदै प्रमुख थपलियाले सञ्चारमाध्यमका प्रत्येक कार्यक्रम र गतिविधिलाई निर्वाचनसँग जोडेर लैजान सल्लाह दिए । सार्वजनिक सञ्चारमाध्यम आफैं स्वायत्त र स्वतन्त्र रहेकाले आ–आफ्ना स्थानीय तहका संरचनामार्फत निर्वाचनसम्बन्धी समाचार संकलन र प्रसारण गर्ने प्रभावकारी व्यवस्था मिलाउन सुझाव दिंदै उनले मितव्ययीताकाबीच कुशलता र सक्षमता देखाएर काम गर्न सक्नुपर्छ भने ।
आयोगले कर्णालीसहित दुई वटा प्रदेशको मतपत्र छपाइका लागि डिजाइन गरेकामा कर्णाली प्रदेशको मतपत्र छपाइ भइसकेको जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१