पोखरा, २३ चैत । पटक–पटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका प्रकाश ओझामाथि हातपात गरेको बताइएको छ । ओझा मन्त्रालयका सूचना अधिकारी समेत हुन् ।
मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेको स्रोतले जनायो । तर मन्त्रीका स्वकीय (पिए) विशाल बरालले भने समाचारमा आएजस्तो हातपात नगरेको दाबी गरे । उनले भने, ‘समाचारमा आएजस्तो हैन । सामान्य रुपमा सम्झाउने काममात्र भएको हो । योजना धेरै थिए, ती योजना अघि बढाउनुपर्छ भन्नेमा मन्त्रीज्यूको कुरा थियो ।’
यस विषयमा बुझ्न खोज्दा कुटाइ खाएका भनिएका सूचना अधिकारी प्रकाश ओझाले भने मोबाइल स्वीच अफ गरेका छन् ।
यता, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका सरकारका प्रवक्ता कुमार खड्काले यसबारेमा आफूले मिडियामा आएअनुसार सुनेको बताए । ‘यसबारेमा प्रमुख सचिवसँग बुझ्दा मुख्यमन्त्री कार्यालयमा जानकारी आएको बताउनुभयो,’ उनले भने, ‘मुख्यमन्त्रीज्यू पोखरा बाहिर भएकोले आएपछि माननीय खेलकुद मन्त्री र कर्मचारीसँग सोधेर एउटा निर्णय लिनुहुन्छ । त्यो निर्णय लिनुहुन्छ । त्यही जानकारी गराउँछु ।’
साथै प्रवक्ता खड्काका अनुसार प्रमुख सचिवसँग बुझ्दा मन्त्रालयमा बुझ्दा कर्मचारीले काम गर्ने वातावरण भएन भनी गुनासो आएको सुनेको बताए । यसबारेमा मुख्यमन्त्रीज्यूले आपसी छलफलपछि जे निर्णय गर्नुहुन्छ, त्यो उहाँको कुरा भयो, भने ।
घटना भएको भोलिपल्ट अर्थात् आज मन्त्री गुरुङ मन्त्रालय आएका छैनन् । उनले मन्त्रालयमा आफ्ना पिएलाई पठाए पनि उनी केहीबेर बसेर फर्किएको कर्मचारीहरुको भनाइ छ । मन्त्रालयका अन्य कर्मचारीसँग बुझ्न खोज्दा कर्मचारीले भने, ‘भित्र फाइल लिएर जानु भएको थियो । बाहिर आउँदा नबोली जानु भो । पछि मिडियाबाट थाहा भयो ।’
यसैबीच, मन्त्री मनाङेले पोखरामा आजदेखि सुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम भए पनि उपस्थित भएनन् । प्रतियोगिता उद्घाटन प्रदेश सांसद राजीव पहारीले गरे।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१