म्याग्दी । रघुगंगा गाउँपालिकाको १२ औं गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलबार गाउँसभाले केही योजना संशोधन र विनियोजनसहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु पारित गरेको हो ।
विद्यायन समिति संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गरेको ऐन, कार्यविधि र नियमावलीहरुलाई छलफलसहित सर्वसम्मत रुपमा पारित गरिएको थियो । सभाले २ वटा ऐन पारित गरेको छ । खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी ऐन– २०७८ र पालिका प्रहरी ऐन–२०७८ पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
खानेपानीसम्बन्धी ऐनमा खानेपानीको मुहानको प्राथमिकता तोकिएको छ । गाउँपालिकाभित्र रहेका खानेपानीका मुहानहरुमा सबैभन्दा पहिलो खानेपानी र त्यसपछि सिंचाइलाई प्राथमिकता निर्धारण गरिएको छ । उक्त ऐनअनुसार खानेपानी उपभोक्ता संस्था स्थापना हुने बाटो खुलेको छ भने फोहोर व्यवस्थापनको लागि नीतिगत प्रबन्ध भएको छ ।
पालिका प्रहरी ऐनले गाउँपालिकाको सार्वजनिक संरक्षण, विपद् व्यवस्थापन, न्यायिक समितिको फैसला कार्यान्वयन र समाजका विकृति, विसंगतिको नियन्त्रणका लागि नियमावली बनाएर पालिका प्रहरी भर्ना गर्न सक्ने बाटो खुलेको छ । सभाले न्यायिक समितिको कारबाहीलाई किनारा लगाउँदा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ र खरिद नियमावली, २०७५ लाई समेत संशोधन गरेको छ ।
गाउँसभाले केही योजना संशोधन र विनियोजनसहित विभिन्न ऐन, कार्यविधि र नियमावली पारित गरेको हो
सभाबाट सार्वजनिक जवाफदेहिता प्रवद्र्धन सम्बन्धी कार्यविधि, २०७८, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि,२०७८, बाल क्लब गठन तथा परिचालन कार्यविधि, २०७८ र आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८ पारित भएको छ । सभाले स्थानीय पाठ्यक्रमलाई स्वीकृत गरेको छ । गाउँ शिक्षा समिति, त्यसअन्तर्गतका उपसमिति र कार्यदल हुँदै कार्यपालिका बैठकबाट पास गरेर सभामा प्रस्तत गरेको स्थानीय पाठ्यक्रम स्वीकृत भएसंगै आगामी शैक्षिक सत्रदेखि कक्षा १ बाट स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ ।
सभाले ११ लाख ५९ हजार रुपैयाँ बराबरको सैद्धान्तिक बेरुजुलाई नियमित समेत गरेको छ । स्थानीय तह निर्वाचनको मतगणनामा सिसीटिभी जडान गर्ने कार्यका लागि उपकरण जडानका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गरेको पञ्चवर्षीय प्रगति समीक्षालाई समेत स्वीकृत गरिएको छ । सभामा अध्यक्ष भण्डारीले पाँचवर्षे कार्यकालमा गाउँपालिकामा भएका मुख्य उपलब्धिलाई प्रगति समीक्षाको रुपमा प्रस्तुत गरेका थिए । सो अवधिमा गाउँपालिकाले ऐन निर्माणसँगै विकास निर्माण तथा सामाजिक विकासमा महत्वपुर्ण हासिल गरेको बताए । उनले संघीयतासँगै गाउँपालिकाले शिक्षा, सडक, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार क्षेत्रको विकास गरेको उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पालिकाले गरेका उपलब्धिको अभिलेखीकरण गर्नु सकारात्मक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति केवी भण्डारी, नेकपा(एकिकृत समाजवादी)का जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्षहरु जीवनकुमार मल्ल, बिलबहादुर फगामी, मनकुमार शेरपूञ्जा, गमान छन्त्याल, देउप्रसाद पुन लगायतले मन्तव्य बोलेका थिए । गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१