पोखरा । साहित्यकार जनार्दनशरण त्रिपाठीका २ कृति एकैपटक लोकार्पण भएको छ ।
‘नेपाली सांस्कृतिक लेख’ शीर्षकको पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले लोकार्पण गरे । ‘नेपाली माटामा’ शीर्षक नाटकको लोकार्पण उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले गरे ।
सो अवसरमा उपकुलपति गुरुङले नेपालश्री महाकाव्य लेखेर देश चिनाएका त्रिपाठीलाई नेपाली संस्कृतिबारे राम्रै ज्ञान रहेको उल्लेख गर्दै आफ्नो ब्रह्मले देखेको कुरा लेखेर ब्राम्हणको अस्तित्व राख्न सफल रहेको बताए । उनले भने, ‘ब्रम्ह नबुझ्नेले मात्र ब्राम्हणवादको विरोध गर्छन् ।’
मुख्य न्यायाधीश आचार्यले साहित्य सिर्जना गर्न सजिलो नभएको र अन्तर हृदयबाट पसिना काढ्नु पर्छ भन्दै देखेजस्तै लेख्नु र लेखेजस्तै व्यवहार गर्नु साहित्यकारको धर्म भएको बताए ।
नेपाली सांस्कृतिक लेख कृति समीक्षा गर्दै साहित्यकार भूपनिधि पन्तले त्रिपाठीले नेपालको सभ्यता र संस्कृतिबारे कलम चलाएको उल्लेख गरे । डा. रामचन्द्र पोखरेलले नेपाली माटामा कृतिको समीक्षा गर्दै नाटकमा नेपालीले भोगेको जीवन र सामाजिक विसंगति देखाइएको बताए ।
स्रष्टा जनार्दनशरण त्रिपाठीले सन् १९५० को सुगौली सन्धिपछि नेपालीहरु पलायन भएर विदेश जान लागेको र राष्ट्रियता कमजोर भएको चर्चा गर्दै राष्ट्रप्रति जागरण ल्याउनुपर्नेमा जोड दिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले साहित्यकारको जीवित अवस्थामै सम्मान हुनुपर्नेमा जोड दिए ।
महाकाव्यकार माधव वियोगीले कुनै हल्ला नगरी खुरुखुरु पुस्तक निकाल्ने त्रिपाठी प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गरे । नेपालश्री पुरस्कार कोषका उपाध्यक्ष डा. बावुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दुर्गा न्यौपानेले स्वागत र महासचिव छन्दमणि त्रिपाठीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१