डेढ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७८
Teified Photo

पोखरा । नेपाल सरकारले चैत २५ देखि वैशाख १८ सम्म सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान तयारी कास्कीमा पूरा भएको छ ।

कोरोनाविरुद्धको खोप जारी रहेकै अवस्थामा शुक्रबारदेखि देशभर नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सुरु हुन लागेको हो । सो अभियानबाट कास्कीमा १ लाख ४१ हजार ७ सय ७६ बालबालिका लाभान्वित हुने स्वास्थ्य कार्यालय कास्कीका निमित्त प्रमुख बद्रीराज आचार्यले बताए । जसका लागि ५ सय ४८ खोप केन्द्र निर्धारण गरी १ हजार १५ स्वयंसेवक परिचालन गरिने भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई खोप लगाइने उनले बताए । कास्कीमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खोप कार्यक्रम उद्घाटन गर्नेछन् । पोखरामा उद्घाटनपछि प्रदेशका ११ वटै जिल्लामा खोपको सुरु हुनेछ ।

खोप लगाउनुपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहेकाले खोप अभियान विद्यालयमा सञ्चालन गरिने नि. प्रमुख आचार्यले बताए । यो खोपसहित नेपालमा नियमित लगाइने खोपको संख्या १३ पुगेको छ । नेपालमा प्रत्येक वर्ष ४ लाख ५० हजार जनाभन्दा बढीलाई टाइफाइडको संक्रमण हुने गरेको अध्ययनले देखाएको छ । १५ वर्ष मुनिका बालबालिकामा अन्य समूहभन्दा ११ गुणा बढी संक्रमण हुने गरेको अध्ययनले देखाएको छ । नेपालका अस्पतालमा भर्ना भएर उपचार गराउने बिरामीमध्ये टाइफाइड चौंथो नम्बरमा रहेको छ । कास्की जिल्लामा भने तेस्रो नम्बर रहेको उनले बताए ।

यो खोप करिब ९७ प्रतिशत प्रभावकारी र सुरक्षित छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता दिइसकेको र औषधी विभागबाट स्वीकृति प्राप्त गरी नेपाल भित्र्याइएको खोपको ९६ दशमलव ९५ प्रतिशत प्रभावकारिता र सुरक्षित भएकाले ढुक्क भएर लगाउन अभियानका प्रादेशिक संयोजक एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले आग्रह गरे ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता दिइसकेको र औषधी विभागबाट स्वीकृति प्राप्त गरी नेपाल भित्र्याइएको खोपको ९६ दशमलव ९५ प्रतिशत प्रभावकारिता र सुरक्षित भएकाले ढुक्क भएर लगाउन अभियानका प्रादेशिक संयोजक एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ डा. बास्तोलाले आग्रह गरे । खोप लगाएकालाई खोप लगाएको स्थानमा दुख्ने, ज्वरो आउने, बान्ता, पखाला लाग्ने जस्ता प्रभाव देखिए पनि आत्तिहाल्नुपर्ने अवस्था नहुने उनको भनाइ थियो ।

यो खोप १ सय २ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो भएका बिरामी, गर्भवती महिला, एचआइभी संक्रमितहरु र क्षयरोगका बिरामीले लगाउन नहुने डा. बास्तोलाले जानकारी दिए । यो सँगै कोभिड भ्याक्सिन लगाएको १४ दिनपछि मात्र टाइफाइड भ्याक्सिन लगाउन उनको सुझाव थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width