४९ विद्यार्थीलाई छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७८
scholar

पोखरा । मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका थप ४९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरेको छ । प्रतिष्ठानले गत वैशाखमा पनि जिल्लाका पाँचै पालिकाका १ सय २५ जना विद्यार्थीलाई झण्डै ४० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको थियो ।
पोखरामा मंगलबार आयोजित समारोहमा ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजरोग प्रशिक्षण केन्द्र नेपालका निर्देशक ब्रम्हाकुमारी परणिता, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं पूर्व मन्त्री हरि पाण्डे, प्रतिष्ठान उपाध्यक्ष तुलसा पाण्डे, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचकलगायतले विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरे ।
गरिब तथा जेहेनदार विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि प्रतिष्ठानले नियमित रुपमा छात्रवृत्ति वितरण गर्दै आएकोमा कास्कीका थप ४९ विद्यार्थीलाई १५, २० र २५ हजार दरले थप करिब ९ लाख रुपैयाँ वितरण गरेको हो । छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थी प्रफुल्लित बनेका थिए ।

प्रतिष्ठानले हालसम्म ६ सय जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ

प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी हरि पाण्डेले प्रतिष्ठानले हालसम्म देशभरका ६ सय जना विद्यार्थीलाई विभिन्न नाममा छात्रवृत्ति वितरण गरिएको जानकारी दिए । उनले छात्रवृत्तिको सदुपयोग गरी भविष्यमा देशको लागि गहना बन्न विद्यार्थीलाई सुझाव दिए । उनले जीवनमा स्वास्थ्य, विचार राम्रो हुनुपर्नेमा जोड दिंदै सम्पत्ति आर्जनलाई महत्व दिए । २०३५ सालमा पहिलोपल्ट पोखरा प्रवेश गरेको स्मरण गर्दै उनले आफू अहिलेको अवस्थामा आइपुग्न कही न कही समाजको भूमिका महत्वपूर्ण रहेको हुँदा छात्रवृत्ति वितरण अभियानलाई निरन्तरता दिएको बताए । जन्मभूमि पाल्पामा पनि उनले यसअघि १ सय ४ विद्यार्थीलाई ‘रम्भादेवी छात्रवृत्ति’ प्रदान गरेका थिए । पोखरा कर्मभूमि भएकोले कर्मभूमि नाममा मंगलबार थप ४९ विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि कुल ९ लाख बराबरको छात्रवृत्ति दिइएको जनाइएको छ ।


कार्यक्रममा ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजरोग प्रशिक्षण केन्द्र नेपालका निर्देशक ब्रम्हकुमारी परणिता, ब्रह्मकुमारी अप्सरा, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक, पाल्पा हाउसका अध्यक्ष एवं समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले प्रतिष्ठानको योगदानको प्रशंसा गरेका थिए । सो अवसरमा ब्रह्मकुमारी अप्सराले ईश्वरीय प्रवचन दिएकी थिइन् ।
कास्कीका बराह मावि भेडाबारी, आनन्दज्योति मावि लेखनाथ, शुक्रराज मावि पुम्दीभुम्दी, गण्डकी बहुप्राविधिक शिक्षालय, अन्नपूर्ण बहुप्राविधिक शिक्षालय पाउदुर र रामकोट मावि लेखनाथमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले मंगलबार छात्रवृत्ति पाएको समाजका सल्लाहकार खेम सारुले बताए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width

trending post

ट्रेन्डिङ्ग