गठबन्धनबाट साझा उम्मेदवारको खोजी

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७८

पोखरा । आसन्न निर्वाचनमा गठबन्धनलाई वडा तहसम्म प्रभावकारीरुपमा लैजानु पर्ने गण्डकी सरकारमा सहभागी दलले निर्णय गरेका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा पार्टी सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले पाँचदलीय सहमतिअनुरुप दलीय आधारमा योग्य उम्मेदवारको चयन गर्ने निर्णय गरेको हो । सो निर्णयलाई वडासम्मै कार्यान्वयन गर्ने पक्षमा बैठकमा सहभागी नेताहरु एक भएको सभापति शर्माले जानकारी दिए ।

गठबन्धनका उम्मेदवारले पार्टीका तर्फबाट उमेदवारी दिंदा पाँचै दलबाट सहजरुपमा स्वीकार हुने किसिमका उम्मेदवार छनोट गर्ने विषयमा बैठक केन्द्रित भएको थियो । साथै, निर्वाचन आयोगले उम्मेदवारी नभएको जिल्लामा दलको नामबाट अनावश्यक चुनाव चिन्ह छापेर मतदातालाई भ्रमित पार्न नहुने सुझावसमेत राखिएको छ ।

निर्वाचनमा सत्तारुढ दलहरुबीच तालमेल गर्ने सहमति भएसँगै गण्डकी प्रदेशमा पनि बैठक बसी यसको तयारी गरिएको कांग्रेस गण्डकीका प्रचार विभाग प्रमुख रमेश पौडेलले बताए । प्रदेशमा यसअघि पनि गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा नेपाली कांग्रेस प्रदेश सभापति शर्मासहित नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोतीप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width