स्याङ्जा । मानवअधिकार तथा शान्ति समाज काठमाडौंको आयोजना तथा मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको समन्वयमा हिमालय बचाऔं, नदी जोगाऔंलगायत युद्ध निषेध शान्ति विशेष कार्यक्रम गरेको छ ।
मानवअधिकारकर्मी, युवा, बालबालिका तथा नागरिकले नगर परिक्रमा गरी सदरमुकामस्थित सहिदचोक पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सम्बोधन गर्दै नागरिकका जीवन आधारसँग जोडिएका जीवन पद्धतिसँग सम्बन्धित रहेर काम समाजले विगतदेखि काम गर्दे आएको बताए ।
बढ्दो प्रकृतिको दोहनले मानव तथा जीव प्रणालीमा प्रत्यक्ष नकारात्मक असर परेको जनाउँदै उनले प्राकृतिक वस्तुका संरक्षणमा आजैदेखि जुट्न सुझाव दिए । हामीले हाम्रा प्रकृतिक सम्पदा जोगाउन नसकेको बताउँदै उनले हिमाल, नदी लगायत प्रकृतिका उपहार संरक्षण गरी तीसँग सम्बन्धित करोडौं जीवहरुको जीवन जीउन सहज बनाउने काम गर्नुपर्नेमा जोड दिए ।
युद्धले जहिले पनि हार्ने हुँदा युद्ध सधैंका लागि सबैले अन्त्य गरिनुपर्ने उनले बताए । रुसले युक्रेनमाथि गरेको आक्रमणले करोडौंको धनजन क्षति पुगेको छ भने लाखौं व्यक्ति विस्थापित र हजारौं व्यक्तिले ज्यान गुमाउनु परेको उनको भनाइ छ । यसैगरी, समाजका केन्द्रीय उपसभापति कृष्णबहादुर रावलले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा आजको आवश्यकता रहेको बताए ।
समाज स्याङ्जाका पूर्व उपसभापति हरिप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति प्रकाश डोटेलले स्वागत र सचिव भवानी अधिकारीले सञ्चालन गरेका थिए । केन्द्रीय कार्यसमितिको निर्णयअनुसार चैत १७ देखि मुलुकका २१ जिल्लामा अभियान सञ्चालन भएको छ । गोरखाबाट सुरु अभियान सोमबार स्याङ्जा आइपुगेको हो ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१