सहकारीकर्मीलाई साइबर सुरक्षा तालिम

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७८
Pokhara Ncbl

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा र तालचोक शाखाको आयोजनामा पोखराका सहकारीकर्मीलाई प्रविधिमा हुने जोखिम न्यूनीकरण साइबर सुरक्षा तालिम दिइएको छ । सहकारीहरु प्रविधिको उपयोगतर्फ अग्रसर भइरहेको अवस्थामा प्रविधिको प्रयोगमा आउन सक्ने जोखिमको पहिचान र न्यूनीकरणका लागि सहयोग पुग्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीलाई व्यावसायिक र मर्यादित बनाउन प्रविधिको प्रयोग अपरिहार्य भएको बताउँदै प्रविधिको प्रयोग गर्दा पनि व्यसायमा हुने नोक्सानीलाई न्यूनीकरणका लागि साइवर सुरक्षा सम्बन्धी सचेतना आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा सहजीकरण गर्दै बैंकका आइटी विभाग प्रमुख नवीनकुमार कार्कीले प्रविधिको पहुँच बढेसँगै यो क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरु पनि आएको बताए ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका संयोजक तुलसीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा शाखाका प्रमुख नरेश पाण्डेले स्वागत र तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width