बिटी कपमा आजदेखि दोस्रो चरणका खेल

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७८
BT Cup Photo (2)~main

पोखरा । पुरानो टुँडिखेलमा जारी १५ औं संस्करणको बिटी कप पाँचौ वीरेन स्मृति सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् । बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा मंगलबारदेखि दोस्रो चरणका खेल हुने क्लब अध्यक्ष विजया गुरुङले बताइन् ।
सोमबारको खेलमा भीमकाली नीलो र डेभिजफल एफसीबीचको खेल निर्धारित समय बराबरीमा सकिएपछि टाइब्रेकरमा भीमकाली नीलो १–० गोलअन्तरले विजयी भयो । दोस्रो खेलमा भीमकाली क्लब टिम ‘ए’ ले ढुंगेसाँघु क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्‍यो । तेस्रो खेलमा दीप युनाइटेडले ब्रदर्श युनिटीलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हरायो ।
एलजी एफसीले स्याङ्जा एफसी टिम बिलाई १–० गोलअन्तरले हरायो । एलजीको जितमा अभिषेक गुरुङले निर्णायक गोल गरे । पाँचौ खेलमा स्याङ्जा एफसी टिम एले सँगम एफसीलाई १–० गोलअन्तरले संघर्षपूर्ण जीत निकाल्यो स्याङ्जाको जीतमा मुक्त थापाले निर्णायक गोल गरे ।
छैटौं खेलमा मिरुवा एफसीलाई बयरघारी एफसीले १–० गोलले पराजित गर्‍यो । जीतमा समीर गुरुङले गोल गरे । सातौं खेलमा विष्णुपादुका क्लबलाई कमलपोखरी क्लब टिम ‘बि’ ले १–० गोलले हरायो । कमलपोखरीको जीतमा विमल गुरुङले निर्णायक गोल गरे ।
अर्को खेलमा लेकसाइड एफसीले रत्नचोक एफसीलाई २–१ गोलअन्तरले पराजित गर्‍यो । जीतमा मुक्तबहादुर तामाङ र सुनील बिकले समान १ गोल गरे । रत्नचोकका लागि सिंकमान तामाङले सान्त्वना गोल गरे । सोमबारको अन्तिम खेलमा रामघाट एफसीले र एनजी एफसी टिमबिलाई ३–० गोलअन्तरले पराजित गरेको बिटी क्लब अध्यक्ष विजया गुरुङले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width