बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नामले अलग पार्टी भए पनि विचारले भने एउटै पार्टी रहेको दाबी गरेका छन् । उनले ठूला भनिने दलले ३२ वर्षसम्म मुलुकलाई बन्धक बनाएर राखेको आरोप लगाए ।
राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले देशको अवस्था सामान्य देखिए पनि सामान्य भने नरहेको बताए । उनले भने, ‘अहिले मुलुकमा आमहड्ताल भएको छैन, आन्दोलन भएको छैन, मुलुक सामान्यजस्तो देखिएको छ तर अवस्था सामान्य छैन । अदालत अदालत जस्तो छैन, संसद् संसद्जस्तो छैन र सरकार सरकारजस्तो छैन ।’ सम्पूर्ण विकासका योजनाहरु रोकिएको र सम्पन्न भएका योजनाहरु भुक्तानीसमेत सरकारबाट हुन नसकेको उनले बताए ।
उनले विदेशीलाई मालिक मानेर सत्ता टिकाउने खेलमा तीनै दल बराबर जिम्मेवार रहेको आरोप लगाए । उनले भने, ‘नेपाल राष्ट्रलाई दुर्गतिको बिन्दुमा पुर्याउन तीनै दल जिम्मेवार छन्, आज देश जुन स्थितिमा छ पर्खने र हेर्ने छुट छैन, पर्खने र हेर्न भुल गर्यौ भने भावी सन्ततिको भविष्य धरापमा पर्छ । ’
नेता र पार्टीलाई दोष दिएर मात्र उन्मुक्ति नपाइने भन्दै निर्वाचनमा भोट दिने हात पनि कम दोषी नरहेको उनको भनाइ थियो । भोट दिएर जिताएको प्रतिनिधि गलत भए समाज र मुलुकले नै दुख पाउने उनले जिकिर गरे । उनले भने, ‘देश बिग्रिए ओली, देउवा र प्रचण्डको के बिग्रन्छ ? युवाको भविष्य बिग्रन्छ ।’ भोट दिने कुरा छोरी दिने कुराभन्दा पनि ठूलो भएको उनको भनाइ थियो ।
भोट गलत मान्छे र पार्टीलाई गयो भने पूरै देश र समाजले दुख पाउने उनले बताए । ३१–३२ वर्ष देशको नेतृत्व गर्ने अवसर पाएका दलहरुले देशले एउटा सम्झने कुरा पनि गर्न नसकेको उनले बताए ।
राप्रपा केन्द्रीय उपाध्यक्ष धु्रव प्रधानले राप्रपाप्रति नेपाली जनता आकर्षित भएको दाबी गरे । उनले संस्कार, संस्कृति जोगाउन राप्रपालाई जिताउनुपर्ने बताए । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपा देशको एक नम्बर पार्टी बन्ने दाबी गरे । उनले राष्ट्रघातीलाई स्वीकार नगर्ने बताए ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१