तनहुँको   सिमलटारमा कुवाको पानी खानुपर्ने बाध्यता हट्यो   

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७८
khanepani_dhara6110

तनहुँ । तनहुँको बन्दीपुर–२ सिमलटारस्थित खानेपानी योजना चार वर्षपछि सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दाले कुवाको पानी खानुपर्ने बाध्यता हटेको छ ।

सङ्घीय सरकारको रु एक करोड ५० लाख ७० हजारको लागतमा योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले जानकारी दिनुभयो । योजनाबाट २२५ परिवार लाभान्वित भएका छन् । सोही वडाको गिदारीबाट लिफ्ट गरी करिब एक किलोमिटर दूरीबाट पानी ल्याइएको हो । योजनाबाट सिमलटार, चामुण्डा, धारापानी र थुम्कीका बासिन्दा लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण निर्धारित समयभन्दा ढिला योजना सम्पन्न भएको बानियाँले बताउनुभयो ।

घरघरमा पानी उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । समितिका सचिव रत्नबहादुर कार्कीका अनुसार यसअघि टाढाबाट पानी बोक्नुपर्ने बाध्यता थियो । गाउँमा ८५ धाराबाट पानी वितरण गरिएको छ । “पानी लिन कुवा धाउनु पर्ने समस्याको अन्त्य भएको छ”, स्थानीय शेरबहादुर नेपालीले भन्नुभयो । पानी पुगेपछि तरकारी र फलफूल खेती गर्नसमेत सहज भएको छ । उक्त योजनाको आइतबार एक कार्यक्रमबीच नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उद्घाटन गर्नुभयो ।  रासस

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…

hero news full width