पोखरा । नेपालका हिमाल टमाटा र जापानी नागरिक हिराकु फुकुओका एशिया ट्रायथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिपअन्तर्गत दुवाथलनमा च्याम्पियन बनेका छन् ।
निर्धारित ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी रनिङ दुरी हिमालले ४५ मिनेट ५४.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । महिलातर्फ हिराकुले निर्धारित सो दूरी पार गर्न १ घन्टा १ मिनेट १०.६५ सेकेन्ड लगाइन् । दुवैले उपाधिसहित क्रमशः स्वर्ण हात पारे ।
नेपाल ट्रायथलन संघको आयोजनामा पुरुषतर्फ मानबहादुर थापामगर दोस्रो र वसन्त थारु तेस्रो भए । महिलामा भारतकी स्नेहाल जोशी र नेपालकी इन्द्रकला नेम्वाङ दोस्रो र तेस्रो हुँदै क्रमशः रजत र कास्य हात पारे । पदक जितेका नेपाली खेलाडीहरु सोझै आसन्न एशियाली खेलकुदका लागि समेत छनोट हुने छन् ।
विजयी खेलाडीलाई गण्डकी प्रदेश सांसद एवं नेपाल ट्रायथलन संघ उपाध्यक्ष दीपक कोइराला, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, संघ अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी महासचिव नीलेन्द्रराज श्रेष्ठ, कास्की ट्रायथलन संघ अध्यक्ष सुमन देवकोटा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष केशव पाठक लगायतले पुरस्कार वितरण गरे ।
ट्राइयाथलन संघ अध्यक्ष श्रेष्ठले आगामी वर्ष प्रतियोगितालाई अझै भव्य बनाउने योजना रहेको सुनाए । उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै संघको ११ वर्षदेखिको प्रयासले नेपालको खेलकुद विकाससँगै खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुगेको विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश सांसद दीपक कोइराला, परिषद् सदस्य सचिव तेजबहादुर गुरुङ लगायतले खेलको महत्वबारे बोलेका थिए । यसअघि शनिबार भएको एसिया कप ट्रायथलन तथा दक्षिण एसिया च्याम्पियनसीपको उपाधि पुरुषतर्फ गेन्टा युचिदा र महिलातर्फ काजकिस्तानकी इकातेरिना सावालिनाले जितेका थिए । गेन्टाले पौडी, साइक्लिङ र दौड ५३ मिनेट १४ सेकेन्डमा पूरा गरे । इकातेरिनाले सोही इभेन्ट १ घण्टा २ मिनेट २० सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन् । च्याम्पियन गेन्टा र इकातेरियाले जनही ६ सय ३० डलर साथमा मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एन–प्याब्सन खेलकुद महोत्सव जारी
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
प्याब्सन स्पोर्टस् मिटको आज समापन
एनप्याब्सन खेलकुद महोत्सव जारी
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१