निर्वाचन भयरहित हुने गरी सुरक्षा योजना बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

अन्तर जिल्ला सुरक्षा समन्वय बैठक

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
security meeting gandaki

पोखरा, २० चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् ।

आइतबार तनहुँमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा ७ जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, नवलपुर, गोरखा लमजुङ र मनाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए ।


कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘निर्वाचनमा कतिबेला कहाँ के हुन्छ भन्न सकिँदैन, त्यही अनुसार गम्भीरतापूर्वक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुहोला ।’ निर्वाचन आयोग र संघ सरकारले निर्वाचनका लागि विशेष योजना बनाउने भए पनि यसमा प्रदेश सरकार समन्वय गरेर अगाडि बढ्ने उनले बताए ।

संघीयतालाई थप मजबुत बनाउन र नागरिकलाई अनुभूति गराउन कर्मचारी र सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । कोरोना महामारी नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले गरेको कामको प्रसंशा गर्दै उनले ३ तहकै सरकारको समन्वयकारी भूमिकाका कारण ठूलो विपत्तीबाट पार पाउन सकिएको बताए ।

सुरक्षा निकायलाई स्रोत साधनयुक्त बनाउन प्रदेश सरकार तत्पर रहेको भन्दै उनले सुरक्षाको अनुभूति भए मात्र नागरिकले सरकारलाई महसुस गर्न पाउने उल्लेख गरे । उनले भने, ‘हामी अझै प्रभावकारी रुपमा अगाडि बढ्न चाहान्छौं, तर संघ सरकारबाट अर्थ र अधिकार दिन अझै पनि कन्जुस्याइँ भइरहेको छ, तै पनि हामीले सक्दो प्रयास भने गरेका छौं ।

मुख्यमन्त्री पोखरेलले चीनसँग सीमाना जोडिएका मनाङ र मुस्ताङमा सीमा सुरक्षा कार्यालय खोल्न संघ सरकारसँग समन्वय गर्ने प्रतिबद्धता उनले जनाएका छन् । लामो समयदेखि अवरुद्ध विकास निर्माणका कामलाई अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीहरुले खेलेको भूमिकाप्रति उनले प्रशंसा गरे ।

कार्यक्रममा आन्तरिका मामिला मन्त्री डोबाटे विकले प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था, अन्तर जिल्ला समन्वय, प्रदेश सरकारसँगको अपेक्षा, पालिकाहरुसँगको समन्वयका बारेमा जानकारी लिनका लागि बैठक राखिएको बताए । नजिकिँदै गरेको निर्वाचन, बर्खायाममा हुने विपदका घटनामा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा यो बैठकबाट निर्णयमा पुग्न सहज हुने भनाइ उनको थियो ।
उक्त अवसरमा ७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको शान्ति सुरक्षा र चुनौती अनि समस्याका बारेमा प्रस्तुती राखेका थिए ।

प्रमुख जिल्ला अधिकारीहरु मनाङका रवीन्द्र आचार्य, स्याङ्जाका राजुप्रसाद पौडेल, नवलपुरका शेखर घिमिरे, तनहुँका विश्वप्रकाश अर्याल, कास्कीका जयनारायण आचार्य, लमजुङका सुमन वैद्य, गोरखाका शंकरहरि आचार्यको प्रस्तुतिमा उठेका विषयवस्तुमाथि छलफल गरिएको थियो ।
सुरक्षा निकायलाई सवारी साधान र इन्धनको अभाव, भौतिक पूर्वाधार नहुँदाको समस्याका साथै उत्तरी नाकामा सीमा सुरक्षा कार्यालय नहुँदाका समस्याका बारेमा प्रजिअहरुले जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली सेनाको ३ नम्बर बाहिनी खैरेनीटारका प्रमुख सहायक रथी प्रेम पुन, नेपाली प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनी, अनुसन्धान कार्यालयका प्रदेश प्रमुख अनुसन्धान निर्देशक कुलदेव थापा, सशस्त्र प्रहरी मुक्तिनाथ वाहिनीका प्रमुख डिआइजी शम्भु रेग्मी आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, उपसचिव यामप्रसाद पौडेलले सुरक्षाका अवस्थाका बारेमा बोलेका थिए ।
प्रदेशका बाँकी ४ जिल्ला मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङको बैठक बागलुङमा हुने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width