पोखरा । अरण्यज्योति क्रिकेट क्लबलाई ५१ रनले पराजित गर्दै नवप्रवेशी क्लब राइजिङ क्रिकेट क्लब शनिबारीय टी–२० क्रिकेट लिगको च्याम्पियन बनेको छ । पाँचै खेलमा अपराजित रहँदै राइजिङ च्याम्पियन वाइनकिङ टी–२० कास्की अन्तरक्लबस्तरीय लिग च्याम्पियन बनेको हो ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा शनिबार अन्तिम खेलमा उसले अरण्यज्योतिसँग प्रतिस्पर्धा गरेको थियो । टस जितेर व्याटिङ उत्रिएको राइजिङले ८ विकेट क्षतिमा १३६ रन बनाएको थियो । अब्दुल खालिकले मिलन थापालाई बोल्ड आउट गरेपछि राइजिङको विकेट पतन सुरु भएको थियो । खालिकले ने सागर लामिछानेलाई क्याच आउट गरे । ७ रन जोड्ने क्रममा ३ विकेट गुमाइसकेको राइजिङलाई कप्तान अमृत गुरुङले सम्हालेका थिए । प्रदीप पौडेलको बलमा आउट हुनु अघि अमृतले ४२ रनको पारी खेले । नवीन पौडेल पनि १ रनमै रनआउटको शिकार भएपछि धर्मराएको राइजिङलाई कप्तानी इनिङ खेल्नेक्रममा ५ चौका र १ छक्का हिर्काउँदै ४२ रन बनाए ।
भीमसेन थापाले केवल ६ रनको योगदान दिदाँ सातौं नम्बरमा आएका विश्वास दुलालले १५ रन बनाए । आठौं नम्बरमा आएका कृष्ण पौडेलले ३६ रनको योगदान दिए । पौडेलले २ चौका हिर्काए । १९ बल खेले । नीरज गुरुङले अविजित १० बनाउँदा विशाल रिमाल पनि ८ रनमा अविजित रहे । बलिङ तर्फ अब्दुलले ३ ओभरमा १५ रन दिएर ३ विकेट लिंदा मुकेश गुप्ताले ३ ओभरमा २९ रन दिए २ विकेट लिए ।
१३७ रनको लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब भने ८५ रनमा समेटिन पुग्यो । अमृत गुरुङले ४ ओभरमा १० रन खर्चिएर ५ विकेट लिएपछि अरण्यज्योति सस्तैमा समेटिन पुग्यो । अरण्यज्योतिका व्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । मुकेश गुप्ता ६ रनमा अविजित रहँदा दिवस गिरी ६ रनमै आउट भए । त्यो नै अरण्यज्योतिका लागि सर्वाधिक रन थियो । मोहम्मद खालिदले ५ रन बनाए ।
यसअघि भएको प्रतिस्पर्धामा कास्की क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई पराजित गरेको थियो । पोखरा क्रिकेट क्लबले दिएको ६२ रनको लक्ष्यलाई कास्की क्रिकेट क्लबले ७ विकेटले पराजित गरेको थियो । कास्की क्रिकेट क्लबका कप्तान एवं ओपनर विष्णु शर्माले अविजित ३७ रनको योगदान दिएपनि जित सहज भएको थियो । सोहेल कुँवरले २० रन बनाएका थिए ।
९ सातासम्म चलेको प्रतियोगितामा म्यान अफ दि सिरिज राइजिङ क्रिकेट क्लबका कप्तान अमृत गुरुङ घोषित भए । बेष्ट व्याट्सम्यान पोखरा क्रिकेट क्लबका अनिल गुरुङ, बेष्ट बलर राइजिङ क्रिकेट क्लबका अमृत गुरुङ घोषित भए । उनीहरुलाई प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, संघका कोषाध्यक्ष वीरेन पुन, सदस्य एवं सेलेक्टर रमेशकुमार सिंहलगायतले पुरस्कार प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१