पोखरा । १५ औं संस्करणको बिटी कप पाँचौ वीरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा शनिबार ९ खेल भए ।
बुद्धटोल युवा क्बलको आयोजनामा पुरानो टँुडिखेलमा जारी प्रतियोगिताको पहिलो खेलमा हेमजा युवा क्लबलाई हेमजा युनाइटेडले ४–१ गोलअन्तरले हरायो । उसको जीतमा मनीष थापाले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे भने सुमन सुनारले १ गोलको योगदान दिए ।
बिटी क्लब अध्यक्ष विजया गुरुङका अनुसार आयोजक सेतो र हिमालयन मेलवर्नबीचको दोस्रो खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा २–१ गोलअन्तरले आयोजक सेतो विजयी बन्यो ।
तेस्रो खेलमा ताङ्बे एफसीलाई पाटन एफसीले २–१ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । जीतमा दीपु गुरुङ र सफल आचार्यले समान १ गोलको योगदान दिए । ताङ्वे एफसीको तर्फबाट दुर्गा थापाले सान्त्वना गोल फर्काए । चौथो खेलमा सराङ्कोट सेवा समितिलाई सिम्पानी एफसीले ४–० को फराकिलो गोलअन्तरले सहज जित निकाल्यो । सिम्पानीको जीतमा सगुन शर्माले ४ गोल गरे ।
पाँचौ खेलमा कमल पोखरी एफसीलाई मसिना एफसीले ३–० गोल अन्तरले सहजै पराजित गर्यो । जीतमा दीपेश श्रेष्ठ, सिद्धान्त गुरुङ र प्रताप गुरुङले समान १/१ गोल गरे ।
छैटौं खेलमा तारा एफसीले वाकओभर पायो । सातौं खेलमा लालीगुँरास क्लब धम्पुसले सार्दीखोला एफसीलाई २–१ गोलअन्तरले हरायो । धम्पुसको जीतमा नितस गुरुङ र दीपेश क्षत्रीले समान १ गोल गरे। सार्दीखोलातर्फबाट वीरेन्द्र भुजेलले सान्त्वना गोल फर्काए ।
आठौं खेलमा हाम्रो एफसीले याम्दी एफसीलाई ४–१ गोलअन्तरले सहज जीत निकाल्यो । जीतमा तुनतुन गुरुङले ह्याट्रिक गर्दा सहिल गुरुङले १ गोलको योगदान दिए । याम्दीको लागि शिव पुनले सान्त्वना १ गोल फर्काए ।
अन्तिम खेलमा आयोजक हरियोलाई रफ गाइजले १–० गोलअन्तरले संघर्षपूर्ण जीत निकाल्यो । रफ गाइजको जीतमा प्रिसन गुरुङले निर्णायक गोल गरेका थिए । आइतबारसमेत पहिलो चरणकै ९ खेल सञ्चालन हुनेछ । विजेताले १ लाख ५१ हजार र उपविजेताले ९१ हजार १ सय रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।
उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफी प्रदान गरिने छ आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटको आज समापन
एनप्याब्सन खेलकुद महोत्सव जारी
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१