नवलपुरमा भारतीय विषक्त माछा बरामद

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
macha

नवलपुर । पूर्वी नवलपरासीमा भारतबाट ल्याइएका विषादी प्रयोग गरिएको माछाको व्यापाक प्रयोग भएको पाइएको छ। नेपालका माछा किसान तथा व्यापारीहरुले भारतबाट ल्याइएका माछामा विषादीको प्रयोग भईरहेको पाइएको पटक पटक गुनासो गरिरहेको अवस्थामा प्रशासनले गरेको अनुगमनको क्रममा यस्तो पाइएको हो ।

प्रशासनले केही दिन अघि चोरमाराको दुई वटा पसलबाट करिब ३५ किलो विषादी प्रयोग गरिएको माछा भेटिएको थियो भने आज रजहरबाट ९८ किलो विषादी प्रयोग गरिएको माछा बरामद भएको छ । नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांङ्गत बरालले शुक्रबार रहजरको एउटा माछा पसलबाट ९८ किलो विषादी मिसिएको माछा बरामद गरी नष्ट गरिएको बताए । उनले पसल सञ्चालकलाई जिल्ला प्रशासनमा हाजिर हुने गरी छाडिएको र यस्ता माछा सप्लायइ गर्ने मुख्य सल्यायर्सको खोजी भईरहेको बताए ।
मरेका माछालाई लामो समयसम्म नसड्नु भन्नका लागि भारतबाट ल्याइएका वैठी माछ ा लगायतका माछामा माछा नगल्नका लागि प्रयोग गरिने औषधि मानव शरिरका लागि हानिकारक वस्तु (फर्मालिन) प्रयोग गरिएको हुन्छ । फर्मालिन टेष्ट गर्दा आवश्यकता भन्दा बढी मात्रामा भेटिएपछि त्यस्ता माछा बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । उनले यस्ता माछा प्रयोग नगर्न र कतै विक्री वितरण भएको पाइए तुरुन्त प्रशासनलाई खबर गर्न पनि आग्रह गरे । नवलपुरमा भारतीय माछाको बजार व्यापक रहेको छ । सस्तोमा पाइने भएकोले पनि नेपाली माछाको तुलनामा उपभोक्ताले भारतीय माछा प्रयोग गर्ने गर्दछन् । जसले गर्दा नेपाली माछाको बजार पनि घटेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width