पोखरा । नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा आज सम्पन्न एशिया कप च्याम्पियन ट्रायथलनमा पुरुषतर्फ जापानी गेन्टाले उपाधि जितेका छन् । महिलातर्फ काजकिस्तानकी शावालिनाले उपाधि हात पारे।
उपाधि विजेता गेन्टाले निर्धारित ७५० मिटर पौडी, २० किमी साइक्लिङ र ५ किमी दौड ५३ मिनेट १४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । जापानकै क्योतारो ओसिकावाले ५३ मिनेट २२ सेकेण्ड र अष्ट्रियाका लियोन पावगरले ५३ मिनेट ३६ सेकेण्डमा निर्धारित दूरी पार गरी क्रमशः द्वितीय र तृतीय भए।
महिलातर्फ च्याम्पियन काजकिस्तानकी इकातेरिना सवालिनाले ७५० मिटर पौडीसहित २० किमी साइक्लिङ र ५ किमी दौड १ घण्टा २ मिनेट २० सेकेण्डमा पार गरेकी थिइन् । महिलामै जापानकी हिराकु फुकुओकाले १ घण्टा २ मिनेट ५३ सेकेण्ड दोस्रो र काजाकिस्तानका नाजेन्दा बेकमागनले १ घण्टा ४ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए । उनीहरुलाई क्रमशः ६३०, ५२५ र ४२० डरसहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिएको थियो।
दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसिपको उपाधि भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले प्राप्त गरे । आदर्शले ५९ मिनट १० सेकेन्डमा दुरी पूरा गर्दै उपाधि जितेका हुन् । अघिल्लो संस्करणकी विजेता संबजेता प्रग्न्याले १ घन्टा ६ मिनट २२ सेकेन्डमा दुरी पूरा गर्दै उपाधि जिते । उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गरेकी हुन् । सो प्रतियोगितामा राहुल धनजी सिन्धेले ५९ मिनट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनट ४३ सेकेन्डका साथ कास्य पाए । महिलातर्फ मानषी मोइतेले १ घन्टा ८ मिनेट १८ सेकेन्डका साथ रजत र संजना जोशीले १ घन्टा १० मिनट ८ सेकेन्डका साथ कास्य जितिन्।
राष्ट्रियतर्फको प्रतिस्पर्धामा नेपाली सेनाका वसन्त थारु र एपिएफकी सोनी गुरुङले स्वर्ण जिते । थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा र सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दुरी पूरा गरेकी थिइन् । दीपेश चौधरी दोस्रो र मुकेश थारु तेस्रो भए । महिलातर्फ केशरी थापामगर दोस्रा् र सस्तिका भण्डारी तेस्रो भए।
प्रतियोगितामा नेपाल, जापान, अष्ट्रिया, पोल्याण्ड, काजकिस्तान, भारत र बंगलादेश गरी ७ राष्ट्रका पुरुषतर्फ ४० र महिलातर्फ २३ गरी ६३ खेलाडीहरुले भाग लिएको नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले बताउनुभयो । प्रतियोगिताअन्तर्गत दुआथलन आइतबार हुनेछ।
आज भएको पौडी फेवातालमा भएको हो । यस्तै साइक्लिङ र दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, बिरौटाचोक, ड्यामसाइड, राष्ट्रबैंकचोक हँुदै गौरीघाटमा पुगेर समापन गरिएको थियो।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१