वीरेन स्मृति सेभेन ए साइड सुरु

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
Bt cup newss

पोखरा । पोखरामा १५ औं संस्करणको बिटी कप पाँचौ वीरेन स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
बुद्धटोल क्बलको आयोजनामा पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुँडिखेलमा सशत्र प्रहरी बलका डिआइजी शम्भु सुवेदीको प्रतियोगिता उद्घाटन गरे
प्रतियोगिताको उद्घाटन खेलमा नारायण गोपाल एजुकेसन प्रालिले जीत निकालेको छ ।
आयोजक टिम नीलोलाई १–० गोलअन्तरले संघर्षपूर्ण जीत निकाल्दै नारायण गोपाल एजुकेसन प्रालि दोस्रो चरणमा प्रवेश गर्‍यो । नारायण गोपालको जीतमा सुमीत श्रेष्ठले निर्णायक गोल गरे ।
यसैगरी दोस्रो खेलमा मानारथा चर्च ब्वाइजलाई बाँझापाटन क्लबले १–० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो ।
क्लबका अध्यक्ष विजया गुरुङका अनुसार नयाँ गल्ली एफसी र ट्रेजर एफसीबीच भएको अन्तिम खेल गोलरहित भएपछि ट्राइबेकरमा नयाँगल्लीले २–१ गोल अन्तरले पराजित ग¥यो ।
आगामी २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६२ टिमको सहभागिता रहेको अध्यक्ष गुरुङले बताइन् । गुरुङका अनुसार प्रतियोगिताको विजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्ने बताए ।
उनका अनुसार उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उनले सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफीसहित ७ हजारद्वारा पुरस्कृत गरिने जानकारी दिइन् ।
यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५ हजार नगद र ट्रफी प्रदान गरिनेछ भने अनुशासित टिमलाई ८ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । पोखरा रंगशालामा…
  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्कीको आयोजनामा पोखरामा १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ जारी छ । मंसिर…
  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…

hero news full width