गलेश्वर । कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीका दुईजना युवा बनेका छन् । पैसा कमाउन विदेश गएर भनेजस्तो नभएपछि गाउँमै फर्कि आएका जिल्लाको बेनी नगरपालिका– ३ भकिम्लीका धनबहादुर श्रीष र बेनी–६ चुत्रेनीका कृष्ण मल्लको बाख्रापालन व्यवसाय यस क्षेत्रकै नमूना बनेको छ । साथै बाख्रा पालक किसानको अध्ययनस्थलसमेत बनेको छ ।
विसं २०६८ मा जग्गा धितो राखेर बैंकबाट ऋण लिई एउटा बोयर बोका खरिद गरी बाख्रा पालन सुरु गर्नुभएका भकिम्लीका श्रीषको बाख्रा फार्ममा अहिले रु एक करोड बढीका बोयर बोका र बाख्रा छन् । उहाँको फार्ममा साढे तीन लाख मूल्यपर्ने बोएर बोका छन् । दुईवटा गोठमा रहेका खैरो र सेतो रङ मिसिएका बोका, बाख्रा र पाठापाठीको बजार मूल्य अहिले रु १ करोडभन्दा बढी रहेको । श्रीष पशुपालन तथा बहुद्देश्यीय कृषि फार्मका सञ्चालक श्रीषले बताउनुभयो । उहाँका अनुसार फार्ममा सतप्रतिशत शुद्ध बोएर बाख्रा मात्रै छन् ।
एकदशक अगाडि खाडीबाट रित्तो हात गाउँ फर्किनुभएका श्रीष बाख्रा पालेर नै करोडपति बन्नुभएको छिमेकीले बताएका छन् । कतारको अन्तर्राष्ट्रिय ढुवानी कम्पनीमा काम गर्दासमेत कमाइ गर्न नसकेपछि उहाँ गाउँ फर्किनुभएको थियो । विदेशको धनले उँभो लाग्न नसकेपछि गाउँमा फर्किएका उहाँले छिमेकी घरको आगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाट व्यावसायिक बाख्रापालनको सोच बनाएको बताउनुभयो ।
सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गर्नुभएका व्यवसायी श्रीषको सोच अनुसार लगानी जुट्न नसकेपछि स्थानीय जातका बाख्रामा क्रस गदै व्यसायलाई अगाडि बढाउनुभयो । यसरी हिम्मत नहारीकन बाख्रा पालन सुरु गरेका श्रीषले एक दशकको अवधिमा (२०६८ देखि २०७८ सम्म) बाख्रा बिक्री गरेर ऋण तिर्नुका साथै लाखौँ रुपैयाँ कमाउन सफल भएको जानकारी दिनुभयो ।
अहिले उहाँको बाख्रा फार्म बोएर बाख्राको स्रोतकेन्द्र बनेको छ । श्रीष अहिले बाख्रापालनबाट करोडपति बन्नुभएको छ । “गतवर्ष रु ३५ लाखको बोएर बिक्री गरेकोमा यसवर्ष करिब रु ५० लाखको बिक्री गर्ने लक्ष्य रहेको छ” उहाँले भन्नुभयो “बोएरको विशषेता नै छिटोछिटो बढ्नु र हुर्कनु हो, महँगो भए पनि हुर्काउन र कमाउन सजिलो छ ।”
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजकसमेत रहनुभएका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीलाई समेत तालिमसहित आवश्यक सहयोग गर्ने गर्नुभएको छ ।
एक वर्षमा १०० भन्दा बढी बोएर पुर्ययाउने र आधा दशकभित्र वार्षिक करोडको आम्दानीको नजिक पुग्ने गरी कडा मेहनत गरिरहेको बताउने श्रीषको फार्ममा अहिले ५५ वटा बोयर बाख्रा छन् । नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि सङ्घसंस्था र किसानसमेत आउने गरेका छन् ।
उहाँले माग अनुसार पूरा गर्न नसकेको बताउँदै बोएर पालनमा इच्छुकलाई आवश्यक प्राविधिक सहयोग दिन समेत संस्थामा आवद्ध भएको बताउनुभयो । बाख्रापालकको हकहितका लागि स्थापना भएको संस्थामासमेत आवद्ध भएपछि उहाँको व्यवसाय अहिले देशैभर फैलिएको छ । हाल श्रीषको फार्ममा डेढलाखदेखि साढे ३ लाखसम्मको ३० माउ, २ बोका र २२ पाठापाठी छन् ।
बोएर बाख्राका लागि श्रीषले करिब ६० रोपनी जमिनमा घाँसखेती समेत गर्नुभएको छ । श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेको बताउनुहुन्छ । अर्का किसान बेनपा–६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पनि बाख्रा पालेर मनग्गे आम्दानी गर्ने किसानमा पर्नुहुन्छ । पैसा कमाउने रहरले केही वर्ष विदेशमा बिताउनुभएका मल्लले विदेशको सपना त्यागेर आफ्नै गाउँठाउँमा केही गर्ने सोचमा स्थानीय जातका बाख्राबाट सुरु गरेको व्यवसायलाई बढाएर अहिले बोएर जातका बाख्रापालन गर्नुभएको छ ।
करिब ११ लाखबाट सुरु गरेको बाख्रापालन अहिले करिब ८० लाखभन्दा बढीका बोएर छन् भने ठूलो क्षेत्रफलमा उन्नतजातको घाँससमेत लगाएको उहाँले बताउनुभयो । वार्षिक रु १४ लाखसम्मको बिक्री गर्ने गरेको मल्लको भनाइ छ । उहाँको फार्ममा तीन लाखसम्म पर्ने बोएर बोका छन् ।
उहाँले छिमेकी र बाँझो जमिन भाडामा लिएर घाँस समेत विस्तार गर्नुभएको छ । पछिल्लो समय बोएर जातको बाख्रापालनमा युवाको आर्कषण देखिएको छ । उता बेनपा – ६ का वडाध्यक्ष कृष्णसिङ बानियाँले कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा अगाडि बढेकाले आवश्यकता अनुसार सहयोग गर्ने गरिएको बताउनुभयो ।
जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि र पशुपालनको लहर चलेको छ । स्थानीय तहको तथ्याङ्क अनुसार जिल्लाभरी करिब २०० भन्दा बढी युवाले व्यावसायिक तरकारी खेती र पशुपालन गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१