अभिनेत्री दीया सगरमाथा चढ्दै

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८
Diya Pun in pokhara

पोखरा । सगरमाथा आरोहणको तयारीमा रहेकी गण्डकी प्रदेशकी चेली दीया पुनलाई बिहीबार पुन समाज नेपालले पोखरामा सम्मान गरेको छ । समाजले दीयालाई समाजको झण्डा हस्तान्तरण गरी शुभकामना प्रदान गरेको हो ।
अभिनेत्री दीया सगरमाथा आरोहणका लागि आउँदो साता सगरमाथा क्षेत्रको लुक्ला प्रस्थान गर्दै छिन्। कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गर्बुजा पुनले उनलाई पुन समाज नेपालको झण्डा हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष पूर्णबहादुरसहित महासचिव खिमन शेर्पाजा पुन, समाजसेवी क्याप्टेन बलु पाइजा पुन, नन्द गर्बुजा पुन, राजकुमारी गर्बुजा पुन र तिलक पुर्जा पुनलगायतले उनलाई आशीर्वाद दिए ।
सगरमाथा आरोहणमार्फत् उनी समाजसेवा पनि गर्दै छिन्। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेस्टर अस्पताल च्यारिटी र नेपालको चिल्ड्रेन एन्ड युथ फाउन्डेसनका लागि सहयोग संकलन गरिरहेकी छिन्। ‘कोभिड–१९ का कारण धेरै नर्सहरूको मानसिक स्वास्थ्यमा समस्या प¥र्यो’, उनले भनिन्, ‘त्यसैले सहकर्मीहरूका लागि पनि केही गर्न चाहन्छु ।’ उनी बेलायतमा नर्सिङ पेशामा संलग्न छिन् ।
यसअघि उनले नेपालको मनास्लु र अर्जेटिनाको अकोनकागुवा हिमाल आरोहण गरिसकेकी छिन्। ‘हाम्री साहसिक चेली दियाको कामबाट गौरवान्वित भएका छौं’, काफलडाँडा, म्याग्दीका समाजसेवी चामबहादुर पुनले भने, ‘उनका हरेक पाइलाले सफलता चुम्दै जाउन् ।’
अभिनेत्री दीयाले नेपाली चलचित्र ‘वीर विक्रम’, ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’मा अभिनय गरिसकेकी छिन् । मनास्लु क्षेत्रको जनजीवनमा आधारित उनको पछिल्लो चलचित्र मन्त्र वैशाखदेखि प्रदर्शन हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरुले पोखराको फेवाताल किनारको वाटर फ्रन्ट होटलको पर्खाल…
  • पर्वतीय महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराको संयुक्त आयोजनामा पोखरा–१७ स्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २३–२७ मंसिरसम्म पर्वतीय…
  • कधलान्दु्रकमा हनी हन्टिङ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव तयारी थालिएको छ । अन्नपूर्ण गाउँपालिका ७ स्थित…
  • शिक्षक संगठनमा श्रीकान्त

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन, पोखरा महानगर समितिले संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा १ मा शिक्षक भेला गरी…
  • पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ । गण्डकीका उद्योग…

hero news full width