पोखरा । अम्बिका फाउण्डेसन पोखरा–४ ले बुधबार पोखरा ३१, बेगनासमा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
स्थानीय आनन्दज्योति माविमा भएको शिविरमा २ सय ३२ जना विद्यार्थी, २३ जना शिक्षक एवं कर्मचारुी एवं २५ जना अभिभावकले निशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा जुकाको औषधी, जीवनजल, सेनेटरी प्याड लगायत स्वास्थ्य सामग्री वितरण गरिएको थियो । विद्यालय प्रअ शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेसन अध्यक्ष भागवत् नेपालको विशेष आतिथ्यता थियो । साथै फाउण्डेसनका ८ जना फाउण्डरको पनि उपस्थिति थियो । कार्यक्रम संचालन शिक्षक वसन्त पहारीले गरेका थिए ।
कार्यक्रममा फाउण्डशनका को–फाउण्डर अम्बिका नेपालले आगामी सत्रमा १६ जना सीमान्तकृत वर्गका विद्यार्थीलाई स्कुल ड्रेस, स्टेसनरी सामग्री प्रदान गरिने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमका सहयोगी संस्थामा सम्झना सामाजिक सेवा समिति कास्की, नारी सेवा समिति र लायन्स क्लब अफ पोखरा अर्पन रहेका छन् ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१