पोखरा । पोखरा–१, बगरस्थित पोखरा माविमा कक्षा ११ व्यवस्थापन विषय अध्ययनरत् विद्यार्थीको टोलीले बिहीबार आदर्श समाज राष्ट्रिय दैनिकको कार्यालय अवलोकन गरेको छ ।
विद्यालय प्रधानाध्यापक नारायण न्यौपानेको नेतृत्वमा आएको सो टोलीले पोखरा–१४ चाउथेस्थित आदर्श समाजको छापाखानासमेत अवलोकन गरेको थियो । टोलीमा ३५ जना छात्रछात्रा सहभागी थिए ।
त्यस अवसरमा पत्रिकाका संस्थापक कृष्णप्रसाद बास्तोलाले समाचार संकलनदेखि सम्पादन र पत्रिका प्रकाशनको विविध पक्षबारे जानकारी गराएका थिए ।
छापाखाना अवलोकनपछि आदर्श समाज कम्प्लेक्समा आयोजित कवि गोष्ठीमा शिव त्रिपाठी, अमृत बास्तोला, सुविन नेपाली र समीक्षा पौडेलले कविता वाचन गरे । अनुजा गौतमले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
त्यसअघि विद्यालयका शिक्षक एवं कार्यक्रम संयोजक शिव त्रिपाठीले अवलोकनबाट पत्रिका प्रकाशनबारे विद्यार्थीको जिज्ञासा पूरा हुने विश्वास व्यक्त गरे ।
२०५३ सालदेखि निरन्तर प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिक आगामी वैशाख १ गतेबाट २६ वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गर्दैछ ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१