नवलपुर । कावासोती नगरपालिकाले कोभिडका कारण ज्यान गुमाउनको परिवारलाई राहत रकम वितरण गर्दा तिनका परिवार भक्कानिएर रोए । कोभिडका कारण आफन्त गुमाउनुका पीडा एकातिर त छँदैछ । अर्कोतिर कतिपय परिवारको मुख्य मुली नै गुमाएका छन् । जसले गर्दा घरको आम्दानीको स्रोत नै बन्द भएको छ ।
नगरपालिकाले उपलब्ध गराएको प्रतिपरिवार ५० हजार रुपैयाँ उनीहरुका लागि नाम मात्रको राहत भए पनि कोभिडले आफन्त गुमाएकाहरु एकै ठाउँमा जम्मा हुँदा उनीहरुको पीडा पोख्ने थलो र मन हल्का बनाउने थलो बनेको थियो ।
राहत रकम वितरण गर्न पुगेका संघीय सांसद तिलक महत, नगर प्रमुख चन्द्रकुमारी पुन लगायतसँग आफ्नो दुखेसो पोख्दै उनीहरु भक्कानिदै रोएका थिए ।
कावासोती नगरपालिकाले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग (राहत) रकम प्रदान गरेको हो ।
एक कार्यक्रमबीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको थियो । संघीय सासंद तिलक महतले मृतकका आफन्तलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
कावासोती नगरपालिकाले नगरभित्रका कोभिड संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो । मंगलबार ६९ जनाको परिवारलाई प्रतिपरिवार उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । कोभिडको पहिलो, दोस्रो र तेस्रो भेरियन्टका कारण मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरिएको हो ।
कावासोती नगरपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो
कार्यक्रममा संघीय सांसद महतले कावासोती नगरपालिकाले गरेको यस कार्यले जनताबाट चुनिएका जनप्रतिनिधिले जनताको हरेक सुखदुखमा साथ दिन्छन् भन्ने सन्देश दिएको बताए । रकम सानै भए पनि यसबाट केही न केही राहत हुने र जनप्रतिनिधि र स्थानीय सरकार जनताको पीरमर्कामा सँगसँगै छ भन्ने आभाष दिलाउने दाबी गरे ।
कावासोती नगरप्रमुख चन्द्रकुमारी पुनले विपदले धेरै परिवार प्रभावित बनेको र कतिपयले ज्यान गुमाउनु पर्दा जनप्रतिनिधि लगायत सबैलाई दुखी बनाएको बताइन् । उनले बिस्तारै दुख बिर्सेर आफ्नो मनलाई सम्हालेर आत्मविश्वासका साथ जीवनमा अघि बढ्न सबैमा आग्रह गरिन् ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारूले कोभिड संक्रमण सुरुको वर्षमा नगरका स्थानीयबासीलाई सिमानाकाबाट ल्याउनेदेखि क्वारेन्टाइन व्यवस्थापनमा त्यो समयमा जनप्रतिनिधि र सम्बन्धित सबै दिनरात नभनी लागेको स्मरण गरे । उनले भने, ‘आफन्त गुमाउँदाको पीडा सानो सहयोगले भर्न त सक्दैन तर, बेच्नेहरु जीवनयापन गर्नै पर्ने हुँदा दुख बिर्सेर संघर्ष गरेर अगाडि बढ्नु पर्दछ ।’
नगर प्रमुख चन्द्रकुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ, शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारी, स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिला लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण पारेश्वर भुर्तेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१