झुठो जाहेरी दिनेलाई उल्टै जरिबाना

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८
Kaski District

पोखरा । झुठो जाहेरी दिने अब होशियार हुनुपर्ने भएको छ । कास्की जिल्ला अदालतले गरेको ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा यस्तै फैसला सुनाएको छ ।
गत पुस १३ मा भएको फैसलामा आफ्नो छोरालाई ज्यान मार्ने उद्योग गरेको भनी झुठो जाहेरी तथा बकपत्र गर्ने दरखास्तवालालाई नै उल्टै जरिबाना र क्षतिपूर्ति भराउनुपर्ने सजाय सुनाइएको हो । यस्तो सजाय पाउनेमा पोखरा–१५ निवासी यामबहादुर गुरुङ हुन् ।
पोखरा–१५ स्यानीपाटनस्थित गणेश भण्डारीको जग्गामा रहेको कृषि फर्ममा झगडा भएको र सो झगडामा आफ्नो छोरा विशाललाई हातमुक्का, बाँस, ढुंगा, धारिलो हतियारलगायतले टाउको, आँखा र शरीरका विभिन्न भागमा हानेर ज्यान मार्ने उद्योग गरेको भनी यामबहादुरले २०७८ जेठ २३ मा जाहेरी दिएका थिए । जसमा पोखरा १५ गलेश्वरमार्ग बस्ने विक्की भन्ने विक्रम भण्डारी, स्वीकार भण्डारी, सागर भण्डारी र अमीर भण्डारी गरी ४ जनालाई प्रतिवादी बनाइएको थियो ।
प्रहरीमा जाहेरी परेपछि अनुसन्धान हुँदै जाँदा थुनछेक आदेशमा विक्की भन्ने विक्रम भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने र बाँकीलाई धरौटमा रिहा गरिएको थियो । असार १६ को आदेशमा प्रतिवादी विक्रमलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो भने अर्का प्रतिवादी स्वीकार भण्डारीबाट २० हजार धरौटीमा रिहा गरिएको थियो । त्यस्तै, असार १८ को थुनछेक आदेशमा प्रतिवादी सागर र अमीरबाट ८० हजार धरौटी माग गरिएको थियो ।
अन्ततः गत पुस १३ मा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पौडेलको एकल इजलासले आश्चर्यलाग्दो पैmसला सुनाए । जसमा जाहेरवाला यामबहादुरविरुद्ध नै जरिवाना र क्षतिपूर्ति भराउनुपर्ने पैmसला भयो ।
जसमा यामबहादुरले झुठा जाहेरी दिएर फौजदारी न्याय प्रणालीलाई गुमराहमा राख्ने काम गरेको पाइयो । अन्ततः उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४(२) बमोजिम झुठा कुरा लेखिएको हुँदा सोही दफा ४४(२) खण्ड (क) बमोजिम ५ हजार जरिवाना ठहर सुनाइएको हो । यस्तै, सोही संहिताको दफा ४४(२) (ख) बमोजिम पीडितलाई २० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाइएको हो । फैसला भनिएको छ, ‘झुठा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई ३ महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था रहेकोले उल्लेखित सजाय हुने कार्य गरेको देखिंदा जाहेरवाला यमबहादुर गुरुङलाई ५ हजार जरिवाना हुने ठहर्छ । पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने व्यवस्था रहेकोमा जाहेरी प्रतिकुल हुनाको मनाशिव कारण जाहेरवालाले दिन नसकेकोले निजलाई सजाय समेत भएको सन्दर्भमा झुठा जाहेरी दिई प्रतिवादी थुनामा बसेको अवस्था देखिन आएकोले हाल थुनामै रहिररहेका प्रतिवादीमध्येका विक्की भन्ने विक्रम भण्डारीलाई पर्न गएको क्षतिविचार गरी मुद्दाको प्रकृति र अवस्थाअनुरुप तजविजीरुपमा जाहेरवालाबाट २० हजार क्षतिपूर्ति भराइदिन पाउने समेत ठहर्छ ।’
फैसला विवरणअनुसार प्रतिवादी विक्रमले भने ‘सो दिन विशाल गुरुङले अत्याधिक रक्सी सेवन गरेका, आशिष खत्री र विशाल गुरुङबीच झगडा भई हानाहान भएको र आफूले झगडा नगर भनी सम्झाई छुट्याउने क्रममा पछाडिबाट मलाई समेत कसले हान्यो थाहा भएन । मैले विशाल गुरुङसमेतलाई हानेको होइन’ भनी अदालतमा बयान दिएका थिए ।
अदालतका सूचना अधिकारी नील पनेरु अदालतको फैसलाले झुठो मुद्दा दायर गर्नेलाई सतर्क बनाएको बताउँछन् । उनले भने, ‘जरिबाना र क्षतिपूर्ति कमै भए पनि यो फैसला सिम्बोलिक रुपमा आएको हो । आगामी दिनमा यसले न्याय प्रणालीप्रति सर्वसाधारणको विश्वास बढ्नेछ ।’

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width