म्याग्दीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम

रासस
चैत्र १७, २०७८

म्याग्दी । खम्याग्दीमा चालु आर्थिक वर्षददेखि ग्रामीण पोषण सुरक्षण कार्यक्रम कार्यान्वयन आएको छ । पोषण अवस्थाको सुधारका लागि जिल्लाका छवटै स्थानीय तहमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सुरु भएको हो । कृषि ज्ञान केन्द्रले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चाको पोषण अवस्था सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले कार्यक्रम कार्यान्वनका लागि किसान समूह, कृषि सहकारीलाई प्रस्ताव माग गरिएको जानकारी दिनुभयो । छ वटा ठाउँमा कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु तीस लाख बजेट विनियोजन भएको छ ।

कम्तीमा १० घरधुरी संलग्न हुने गरी क्षेत्र बनाएर कृषि सहकारी र समूहले आवेदन पेस गर्न सक्ने कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो । ताजा तरकारी खेती, कुखुरापालन, प्रास्टिक घर निर्माणका लागि किसानले कूल लागतको ९० प्रतिशत अनुदान पाउनेछन् ।

एक वटा समूहका लागि रु पाँच लाखका दरले अनुदान दिइने भएको छ । पोषण सुरक्षण कार्यक्रम निर्देशक समितिले पोषण अवस्था कमजोर भएका वडामा कार्यक्रम सञ्चालन गर्न छनोट गरेको थियो । बेनी नगरपालिकाको ३, ५ र ९, मङ्गला गाउँपालिकाको ३, ४ र ५, मालिकाको २, ३ र ४, धवलागिरीको २, ४, ५ र ६, रघुगङ्गाको ६, ७ र ८ तथा अन्नपूर्णको ६, ७ र ८ नम्बर वडामा कार्यक्रम लागू गरिएको हो ।

पोषण सुधारका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा म्याग्दीका स्थानीय तहहरुले रु ४५ लाख बजेट विनियोजन गरेका छन् । उपाध्यक्ष/अध्यक्षसँग आमा कार्यक्रममार्फत गर्भवतीलाई अण्डा, सुत्केरीलाई घ्यू, कुखुरा, सरसफाइका सामग्री वितरण गर्ने कार्यक्रम बनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width