वालिङ । लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएसँगै १६६ घरधुरीका ८०० जना प्रत्यक्ष लाभान्वित भएका छन् । वडाध्यक्ष हिमालयजङ्ग बानियाँका अनुसार गण्डकी प्रदेश सरकारबाट प्राप्त रु एक करोड १५ लाखको लागतमा निर्माण गरिएकोे च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४२५ जना लाभान्वित भएका छन् भने सङ्घीय सरकारबाट प्राप्त रु ९५ लाख ४८ हजार ५१३को लागतमा निर्मित ठूलाधारा लिफ्टिङ खानेपानी योजनाबाट ८० घरधुरीका ३७५ लाभान्वित भएका छन् ।
यसअघि सञ्चालित खानेपानी योजना अव्यवस्थित हुनाका साथै बस्ती बढ्दै जाँदा पानी अपुग भएकाले प्रदेश सरकारको सहयोगमा च्याउखोला मुहानबाट पानी ल्याएर वितरण गरिएको च्याउखोला आयोजना उपभोक्ता समिति अध्यक्ष बमबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार उक्त खानेपानी योजना निर्माण भई सञ्चालनमा आएसँगै फेदीखोला गाउँपालिका–२ का तल्लोगाउँ, माथिल्लो गाउँ, नाङ्गेडाँडा, कल्लेरी, बेसारे गाउँलगायत ८६ घरधुरीका प्रत्येक घरमा धारा जडान गरिएको छ । योजना मर्मतका लागि मासिकरुपमा रु ५० सङ्कलन गर्न थालिएको समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
लिफ्टिङबाट वडा नं २ का तल्लो कुँडुलेका ८० घरमा खानेपानीको पहुँच पुगेको ठूलाधारा आयोजना उपभोक्ता समिति अध्यक्ष दीपेन्द्र सुवेदीले बताउनुभयो ।“गाउँभन्दा करिब एकसय मिटर तल रहेको ठूलाधारा मुहानबाट पिठ्यूँमा पानी बोकेर ल्याउनुुपर्ने बाध्यता रहेको थियो” उहाँले भन्नुभयो, “अहिले घरघरमै पानीको धारा जडान गरिएसँगै यहाँका बासिन्दाको दैनिक जिवनमा परिवर्तन आएको छ ।”घरघरमै पानी आएपछि पानी बोक्नका लागि दैनिक खर्चिनुपर्ने समय अन्य आयमूलक कार्यमा लगाउन सकिने समितिका अध्यक्ष सुवेदीको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१