प्रोग्रेशिभ फाइनान्सको २५ औं साधारणसभा

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७८
progressive

पोखरा । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको बुधबार २५ औं वार्षिक साधारण सभा भएको छ ।
सभाले आव २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै आव २०७७÷७८ को वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीसहितको वित्तीय विवरण छलफलसहित पारित भयो ।
संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले संचालक समितितर्फबाट प्रतिवेदन पेस गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिबारे प्रकाश पारे । उनले चालु आवमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रम तथा योजनाबारे जानकारी दिए । उनले सेयरधनीबाट प्राप्त सल्लाह तथा सुझाव कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे ।
सभाले मर्जर तथा एक्विजिसनका निम्ति बैंक तथा वित्तीय संस्थाबाट उपयुक्त प्रस्ताव आए सम्पूर्ण प्रक्रिया पूरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ भने आव २०७८/७९ मा रन्जीव एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरीक्षक नियुक्ति गरेको कम्पनी सचिव विशाल हुमागाईंले जनाए ।
संस्थाले हाल १६ शाखा कार्यालय तथा ५ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको छ । साथै भविष्यमा थप शाखा तथा एक्सटेन्सन काउन्टर स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • लक्ष्मी सनराइजको एक्स्टेन्सन शाखा

    आदर्श समाज सम्वाददाता कार्तिक १२, २०८१
    पोखरा । लक्ष्मी सनराइज बैंकले पोखरा बाटुलेचौरमा एक्सटेन्सन शाखा संचालनमा ल्याएको छ । आइतबार सुरु उक्त शाखाले बैंकको विभिन्न सेवासहित…
  • ग्रीन डेभलपमेण्ट बैंक र खेलकुञ्ज एरेनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा १३, कुँडहर सिग्देलमार्गस्थित खेलकुञ्ज एरिना प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर…
  • ग्रीन डेभलपमेन्ट बैंक–ग्यालेक्सी हस्पिटल सम्झौता

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारीहरु र उनका आश्रित परिवारका ग्यालेक्सी हस्पिटलसँग…
  • ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता भाद्र ९, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकको १२ औं वार्षिकोत्सव अवसरमा बैंक र लायन्स क्लब अफ पोखरा भद्रकाली आयोजनामा आइतबार रक्तदान कार्यक्रम…
  • ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०८१
    पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले २०८०/८१ आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशन साउन १८ गते गरेको छ…

hero news full width