लमजुङ । स्थानीय तहको आउँदो वैशाख ३० गते हुने निर्वाचनका लागि लमजुङमा १६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् ।
२०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा १ लाख १५ हजार ४ सय ४९ जना मतदाता थिए । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा १ लाख ३१ हजार ४ सय ९४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् । उनका अनुसार २०७४ मा भएको स्थानीय तह निर्वाचनमा जिल्लामा १ लाख ५ हजार ९ सय ९२ मतदाता थिए ।
जिल्लाको विवरणअनुसार सबैभन्दा बढी मतदाता संख्या सदरमुकाम समेत रहेको बेंसीसहर नगरपालिकामा छन् । बेंसीसहरमा १२ हजार ४ सय ९१ पुरुष र १३ हजार ७ सय १६ महिलासहित २६ हजार २ सय ७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा सबैभन्दा कम मतदाता दूधपोखरी गाउँपालिकामा ४ हजार ५ सय ७ पुरुष र ४ हजार ३ सय ८१ महिलासहित ८ हजार ८ सय ८८ मतदाता छन् । क्होंलासोंथार गाउँपालिकामा ४ हजार ५ सय २२ पुरुष र ४ हजार ७ सय ७६ महिला सहित ९ हजार २ सय ९८ मतदाता कायम भएको छ ।
दोर्दी गाउँपालिकामा ७ हजार ५ सय ५२ पुरुष र ७ हजार ५ सय ३२ महिलासहित १५ हजार ८४ जना मतदाता छन् । मस्र्याङ्दी गाउँपालिकामा ७ हजार ५ सय ५१ पुरुष र ७ हजार ५ सय ८९ महिलासहित २० हजार ९२ मतदाता कायम भएको छ ।
जिल्लाको सुन्दरनगरपालिकामा २० हजार ७ सय ९६ मतदाता मध्ये ९ हजार ९ सय २७ पुरुष र १० हजार ८ सय ६९ महिला छन् । २० हजार ९२ मतदाता कायम भएको मध्यनेपाल नगरपालिकामा भने ९ हजार ७ सय १२ पुरुष र १० हजार ३ सय ८० महिला छन् । त्यस्तै जिल्लाको राइनास नगरपालिकामा ७ हजार ७ सय ७९ पुरुष र ८ हजार २ सय १० महिलासहित १५ हजार ९ सय ८९ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय लमजुङले पछिल्लो अद्यावधिमा मात्रै ९ हजार ६ सय ३० मतदाताको नामावली निर्वाचन आयोगमा पठाएको थियो । सोबाहेक मतदाता नामावली अद्यावधिकका लागि दिएको समय सिमामा परेका निवेदन वा उजुरीको आधारमा जिल्लाबाट १ हजार ३ सय १ जनाको नाम हटाउनुका लागि सिफारिस गरेको कार्यालयले जनाएको छ ।
यसअघिको निर्वाचनपश्चातको अवधिमा बसाइँसराइँ वा विवाह भएर अन्यत्र गएका, दोहोरो नाम भएका र मृत्यु भएकाहरुको नामावली हटाउनको लागि आयोगमा सिफारिस भएको निर्वाचन कार्यालय लमजुङका सूचना अधिकारी जीवाखर शर्माले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१